प्रथम गाउँपालिका अध्यक्ष गोल्डकपको उपाधि गाईघाटलाई

प्रथम गाउँपालिका अध्यक्ष गोल्डकपको उपाधि गाईघाटलाई
सुन्नुहोस्

उदयपुर : प्रथम रौतामाई गाउँपालिका अध्यक्ष गोल्डकपको उपाधि गाईघाट फुटबल क्लबले चुमेको छ। 

रौता स्पर्पोटस क्लब मुर्कुचीले आयोजना गरेको प्रतियोगिताको आइतबार भएको अन्तिम खेलमा न्यु त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरीलाई पछि पार्दै गाईघाटले जित निकालेको हो।

निर्धारित ८० मिनेटको खेल १-१ गोलमा टुंगिएपछि खेल ट्राईब्रेकरमा परिणत भएको थियो। ट्राईब्रेकरमा ४-३ ले पछि पार्दै गाईघाटले उपाधि रक्षा गरेको हो। 

सुरुवाती  चरणदेखि नै निकै प्रतिस्पर्धात्मक भएको खेलको ७ औँ मिनेटमा गाईघाटका कृष्ण थापाले एक गोल गर्दै खाता खोलेका थिए। 

पहिलो हापमा एक गोलको अग्रताले जित निकालेको गाईघाटले मध्यान्न पछि सोचेअनुरुप लय निकाल्न सकेन। प्रतिउत्तरमा फत्तेपुरका मिरज चौधरीले ६७ औँ मिनेटमा एक गोल गर्दै खेल वरावरीमा परिणत गरे। 

ट्राईब्रेकरमा गाईघाटका दिलकुमार तामाङ, देवराज चौधरी, कृष्ण थापा, लक्ष्मी पञ्जियारले गोल गरे भने फत्तेपुरकातर्फबाट गुलाफ माझी, युवराज श्रेष्ठ र समिर श्रेष्ठले गोल गरे। निर्धारित समय भित्र दुवै टिमले आक्रमक खेल खेलेपनि गोल निकाल्न सकेनन्। 

सुरुवातीदेखि नै राम्रो फिनिसिङ निकालेको गाईघाटले थुप्रै गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेन। जितसँगै गाईघाटले ५० हजार नगदसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता फत्तेपुरले ३० हजार नगद र ट्रफीमा चित्त बुझाउनु पर्‍यो। 

प्रतियोगितामा सात विद्याका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिएको आयोजक रौता स्पोर्टस क्लबका अध्यक्ष हरी आलेमगरले बताए।

उनका अनुसार खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षक दुई विद्याबाट गाईघाटका निपछिरिङ शेर्पा घोषित भए। त्यसैगरी वेष्ट डिफेन्स फत्तेपुरका मुकेश माझी, वेष्ट कोच गाईघाटका किरण कार्की घोषित भए। 

सर्वोत्कृष्ट खेलाडीका रुपमा युवराज थापा, बेष्ट मिडफिल्डर गाईघाटका अमन लामा र सर्वाधिक गोलकर्ता गाईघाटकै दिपक खपाङी घोषित भए। 

विजेता र उपेविजेता समूहलाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर र उपाध्यक्ष भुपिन्द्र थापाले नगदसहित ट्रफीले सम्मान गरे। 

उदयपुरको त्रियुगा नगरपालिका-१६ स्थित शुकौरा खेलमैदानमा भएको प्रतियोगितामा सिरहा, सप्तरी, र उदयपुर गरी आठ टिम सहभागिता रहेको आयोजक सदस्य टेकराज रिखाम मगरले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.