दाङमा श्रमिक महिलालाई सम्मान

दाङमा श्रमिक महिलालाई सम्मान
सुन्नुहोस्

दाङ : दाङमा महिला दिवसका अवसरमा श्रमिक महिलाहरूलाई सम्मान गरिएको छ। 

तुलसीपुर उपमहानगरपालिकाले दिवसका अवसरमा श्रमिक महिलाहरूलाई सम्मान गरेको हो। एक जना महिला उद्यमीसहित सात जना श्रमिक महिलाहरूलाई  नगरले सम्मान गरेको छ। 

तुलसीपुर क्षेत्रमा रहेर ज्याला मजदुरी र मिस्त्रीको काम गर्दै आएका महिला श्रमिकहरूलाई उपमहानगरपालिकाले नगद सहित सम्मान गरिएको हो। 

११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा श्रमिकका रूपमा काम गर्दै आएका सातजना महिलालाई सम्मान गरिएको उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकाश शाखा प्रमुख माया श्रेष्ठले बताइन्। 

कार्यक्रममा सफल उद्यमी तुलसीपुर-५ की सारदा अधिकारी, ज्याला मजदुरीको काम गर्दै आएका तुलसीपुर-१३ कि तुलसी हमाल खड्का, तुलसीपुर-६ बस्ने राधा बिक, तुलसीपुर-९ बस्ने सुस्मा केसी, तुलसीपुर-७ कि शिला चौधरीलाई नगद सहित सम्मान गरिएको हो। 

लामो समयदेखि मिस्त्रीको काम गर्दै आएकी तुलसीपुर-७ कि लिला चौधरीले आर्थिक अभावका कारण आफूलाई व्यवसायिक बनाउन नसकेको बताइन्। 

अवसर पाएमा महिलाहरू पुरुष सरहको काम गर्न सक्ने भन्दै उनले समान सहभागिता, पेशागत सुरक्षा र सम्मानमा सम्न्धिबत निकायले ध्यान दिनुपर्ने बताइन्। 

उपमहानगरपालिकाले गरेको सम्मानले आफूलाई थप उर्जा मिलेको उनको भनाइ छ।
‘विगत लामो समयदेखि मिस्त्रीका रूपमा रहेर काम गरिरहँदा पहिलोपटक आफुले गरेको काममा खुशी भएकी छु,' उनले भनिन- म मिस्त्री होइन, अब ठूला-ठूला भवनहरू निर्माणको जिम्मा लिनसक्ने ठेकेदार बन्ने छु, हामीलाई हौसला र प्रेरणा दिएमा हामी पुरुष सरह जिम्मेवारी लिएर काम गर्न सक्छौँ।’ 

विना परियारले आफूले पाएको सम्मानले सबैभन्दा ठुलो खुशी मिलेको बताइन्। घरपरिवारबाट अपहेलित भएर आफ्नो जीविकोपार्जनका लागि ज्याला मजदुरीको काम गर्दै आएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.