सिजन सुरु भएसँगै गोरखामा पर्यटक बढे

सिजन सुरु भएसँगै गोरखामा पर्यटक बढे

गोरखा : वसन्त यामको पर्यटक सिजन सुरु हुने वित्तिकै पर्यटकको आगमन बढेपछि उत्तरी गोरखाका बासिन्दा खुशी भएका छन्। 

मनास्लु क्षेत्र र चुम उपत्यका पदमार्ग अहिले पर्यटकले भरिभराउ हुन थालेका छन्। ‘तीन, चार दिन जति भयो, होटल भरिभराउ हुन थालेको छ’, जगतका होटल व्यवसायी गणेश कार्की भन्छन्, ‘यो वर्ष त सिजनको सुरुमै होटल भरिन थालेको छ। यो खुशीको कुरा हो।’ 

कोभिड र डेंगुका कारण विगतका तीन, चार वर्ष व्यवसाय नभएर चिन्तित भएका व्यवसायीहरू अहिले उत्साहित भएका उनले बताए।

पर्यटकको तथ्यांक अद्यावधिक गर्ने सरकारी संस्था मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार एक साता यता ९३ जना विदेशी पर्यटकले यहाँ भित्रिएका छन्। 

‘विदेशी महिला पर्यटक ३४ जना र पुरुष पर्यटक ५९ जनाले हाम्रो चेकप्वाइण्टमा इन्ट्री गरेका छन्। यो संख्या गत वर्षहरूको भन्दा धेरै हो’, एमक्याप सिर्दिबास कार्यालय प्रमुख अजित तुम्बाहाम्फेले भने, ‘कुनै अप्रिय घटना नभए यसवर्ष मनास्लु क्षेत्रमा अत्याधिक पर्यटक आउने सम्भावना छ।’ 

मनास्लु क्षेत्रमा पर्यटक आउने दर बर्सेनि बढिरहेको उनको भनाइ छ। यस वर्ष चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव मनाइँदैछ। यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या धेरै बढ्ने चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामा बताए। 

यहाँ रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि चार जनाले अनुमति लिइसकेका छन्। वसन्त ऋतुमा नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमाल अग्ला हिमाल आरोहण गर्नका लागि हालसम्म १५ जनाले अनुमति लिई सकेकामध्ये चार जनाले मनास्लु आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ।

मनास्लु क्षेत्रमा मनास्लु आरोहण, ५,११० मिटर अग्लो लार्केपास गर्न, मनास्लु बेसक्याम्प तथा वीरेन्द्र ताल अवलोकनका लागि पर्यटक आउने गरेका छन्। 

चुम उपत्यकास्थित चर्चित अहिंसा क्षेत्र, सयौँ वर्ष प्राचीन म्हु गुम्बा, राजेन गुम्बा तथा अन्य गुम्बा अवलोकनका लागि पर्यटक आउने गरेका छन्। 

मोटरबाटो नपुगेकाले यस क्षेत्रलाई अझै भर्जिन ट्रेलका रूपमा लिने गर्छन्। विदेशी पर्यटकहरूले मनास्लु ट्रेकिङका लागि दुईदेखि तीन हप्ता समय बिताउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.