डाँडाबजार गोल्डकप : आयोजक डाँडाबजार र राजारानी फाइनलमा

डाँडाबजार गोल्डकप : आयोजक डाँडाबजार र राजारानी फाइनलमा
सुन्नुहोस्

धनकुटा : साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा जारी जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक डाँडाबजार फुटबल क्लब र रारा फुटबल क्लब राजारानी प्रवेश गरेका छन्।

शुक्रबार सम्पन्न सेमिफाइनलमा पंचायन एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै रारा र धरान सिटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै डाँडाबजार फाइनलमा प्रवेश गरेका हुन्। 

उपाधिका लागि रारा फुटबल क्लब र डाँडा बजार फुटबल क्लब बीच शनिबार प्रतिस्पर्धा हुनेछ। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पंचायन र रारा फुटबल क्लब बीच प्रतिष्पर्धा भएको थियो। 

खेलको पहिलो हाफको ७ औं मिनेटमा सन्दिप लिम्बुले गोल गर्दै पंचायनलाई अग्रता दिलाए। दोस्रो हाफको १५ मिनेटमा राराका शैलेन्द्र नेपालले गोल गर्दै खेल बराबरीमा ल्याए। २९ औं मिनेटमा सरोज लंकान्द्रीले गोल गर्दै राराको जित सुनिश्चित गरे। 

उक्त  खेलको म्यान अफ द म्याच सरोज लकान्द्री हुँदै नगद दुई हजार प्राप्त गरे। दोस्रो सेमिफाइनल खेल डाँडा बजार फुटबल क्लब र धरान सिटी क्लब बीच भएको थियो। 

जसमा डाँडाबजार ५–१ फराकिलो गोलअन्तरले विजयी बन्यो। एक पक्षीय खेलमा पहिलो हाफको २६ औं मिनेटमा डाँडाबजारका इन्सन राईले गोल गर्दै सुरुवाती अग्रता दिलाए। दोस्रो गोल ३० औं मिनेटमा धरान सिटीले आत्माघाती गोल गर्‍यो। 

३७ औं मिनेटमा डाँडाबजारका रोशन भूजेलले गोल गरे। दोस्रो हाफको ११ औं मिनेटमा धरानका मदन ल्वागुनले गोल गरे। डाँडाका विपिन लिम्बुले दोस्रो हाफको १३ औं मिनेट गोल गरे। त्यस्तै इन्सन राईले १७ औं मिनेटमा गोल गरे। उक्त खेलको म्यान अफ द म्याच इन्सन राईले घोषित भए। उनले नगद दुई हजार प्राप्त गरे। 

प्रतियोगितामा आयोजक डाँडाबजार फुटबल क्लब सहित कोशी प्रदेशका विभिन्न ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार र ट्रफी र उपविजेता टिमलाई नगद ७५ हजार र ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।  

डाँडाबजार फुटबल क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजक दिलिप थापा हुन्। त्यस्तै ५ नम्बर वडा कार्यालय, साँगुरीगढी गाउँपालिका, गोर्खा व्रुअरी र वदरहुडले पनि सहयोग गरेको छ। प्रतियोगिताको फाइनल खेल आगामी २७ गते शनिबार हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.