महेन्द्र मोरङको स्ववियु सभापतिमा ३ जनाको उम्मेदवारी : नविन, रोहित र जसवन्त प्रतिस्पर्धामा

महेन्द्र मोरङको स्ववियु सभापतिमा ३ जनाको उम्मेदवारी : नविन, रोहित र जसवन्त प्रतिस्पर्धामा
सुन्नुहोस्

स्ववियु सभापतिमा अनेरास्ववियुबाट नविन पहाडी, अखिल (क्रान्तिकारी) बाट रोहित यादव (विकास) र नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा ३ विद्यार्थी संगठनको उम्मदेवारी दर्ता गराएका छन्। निर्वाचनका लागि क्याम्पसमा दर्ता भएका १० विद्यार्थी संगठनमध्ये ३ वटाले स्ववियु सभापतिको शनिबार उम्मेदवारी दर्ता गराएका हुन्। 

स्ववियु सभापतिमा अनेरास्ववियुबाट नविन पहाडी, अखिल (क्रान्तिकारी) बाट रोहित यादव (विकास) र नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। 

निर्वाचन समितिका अनुसार सचिवमा ५ जनाको उम्मेदवारी परेको छ। एमाले निकट अनेरास्ववियुबाट सचिवमा सनिम ठकुरी, अखिल (क्रान्तिकारी) बाट आशिका लम्साल, नेपाल विद्यार्थी संघबाट पूजा विश्वास, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूबाट निर्मल भण्डारी र लोकतान्त्रिक विद्यार्थी संघबाट पेशल यादवको मनोनयन दर्ता भएको क्याम्पसका निर्वाचन संयोजक डा. सुशिल कुमार अधिकारीले बताए। 

उनले स्ववियुको कोषाध्यक्षमा भने मुख्य ४ जनाको उम्मेदवारी परेको जानकारी दिए। स्ववियुको कोषाध्यक्षमा समाजवादी विद्यार्थी यूनियनले अखिल (क्रान्तिकारी) सँग गठबन्धन गरेको छ। समाजवादी विद्यार्थी यूनियनबाट राकेशकुमार यादवले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। यसबाहेक कोषाध्यक्षमा भने एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट रोहित गौतम, एमाले निकट अनेरास्ववियुबाट आरोग्य थापा र नेपाल विद्यार्थी संघबाट स्वस्तिक बोहराले उम्मेदवारी दिएका छन्।

चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी यूनियन, अनेरास्ववियू, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), स्वतन्त्र विद्यार्थी मञ्च, विद्यार्थी जनमत संघ र राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठन दर्ता भएका थिए।

उम्मेदवारका मुद्दा  : छात्राबासको व्यवस्थादेखि पुस्तकालय सुधारसम्म

स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनलाई लक्षित गर्दै उम्मदेवारले छात्राबास व्यवस्थापनदेखि पुस्तकालय सुधारसम्मका मुद्दालाई अघि सारेका छन्। उम्मेदवारले पार्टीगत निर्णयका आधारमा प्राध्यापक नियुक्तिको अन्त्य, सबैलाई सर्वसुलभ शिक्षाको व्यवस्था, छात्राबास पुनःसञ्चालन, डिजिटल पद्धतिमा आधारित पठनपाठन प्रणालीको विकास, इ–लाईब्रेरी र स्वास्थ्य संस्था सञ्चालन जस्ता विषयहरुलाई चुनावी एजेण्डाको रुपमा प्रस्तुत गरेका छन्। विद्यार्थी मतदातालाई रिझाउन उम्मेदवारहरुले पुस्तकालयमा पर्याप्त पुस्तकको व्यवस्था, खेलकुदको उचित प्रबन्ध र सरकारी कार्यक्रमहरुमा विशेष ध्यान दिने लगायतका विषयलाई समेत चुनावी मुद्दाको रुपमा अघि सारेका छन्।

विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा यसअघि अन्तिमपटक २०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको थियो। त्यतिबेला स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का जयराम सुन्दाश र सचिवमा एमाले निकट अनेरास्ववियुका भाष्कर खनाल विजयी भएका थिए। अखिलले स्ववियुको सह–सचिव पदमा पनि जित हाँसिल गरेको थियो। त्यसयता विभिन्न  मिति तोकेर निर्वाचन हुने भनिएपछि निर्वाचन हुन सकेको थिएन।

महेन्द्र मोरङ क्याम्पसमा भने ५७९० जना मतदाता रहेका छन्। 

विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको स्ववियु सभापति पदका उम्मेदवारहरु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.