गौर कारागारको सुरक्षामा लापरबाही : कैदीलाई होलीमा छाडियो, दुर्घटनापछि खुल्यो पोल

गौर कारागारको सुरक्षामा लापरबाही : कैदीलाई होलीमा छाडियो, दुर्घटनापछि खुल्यो पोल
सांकेतिक तस्बिर।
सुन्नुहोस्

उनी होली पर्व मनाउन बारा जिल्ला गएको र मदिराले मातिएका उनी घरबाट पुन: जेल फर्किने क्रममा लौकाहा चौक नजिक मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका छन्।

रौतहट : लागूऔषध ब्राउन सुगर कारोबार अपराधमा सजाय पाएर कैद भुक्तान गरिरहेका कैदी घर जाँदा मोटरसाइकल दुर्घटनामा परेका छन्। दुर्घटनामा परेका गौर कारागारका कैदी पवन यादव पटकपटक कारागार बाहिर जाने आउने गरेका थिए।

बारा भटिनियाका पवन यादव ब्राउन सुगर कारोबार मुद्दामा जिल्ला कारागार कार्यालय गौरमा १५ वर्ष जेल र ५ लाख जरिवाना तोकिएपछि जेलमा छन्। कैदी यादव जेलका कैदीका चौकीदार(नाइके) हुन्। केहिदिन अघि पनि रौतहटको सदरमुकाम गौरस्थित रहेको गौर राइस मिल्सको प्रांगणमा भएको श्री अन्नत विष्णु महायज्ञमा पुजा र मेलामा कैदि यादव सहभागी भएको तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो। 

होली पर्व मनाउन बारा जिल्ला गएको र मदिराले मातिएका उनी घरबाट पुन: जेल फर्किने क्रममा लौकाहा चौक नजिक मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका छन्। कैदी यादवको खुट्टा भाच्चिएकोले एल.एस न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि.वीरगंजमा भइरहेको छ। जिल्ला कारागार कार्यालय गौरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) तेजीलाल यादवले कारागार प्रमुखलाई जानकारी नदिई कैदीलाई घर पठाएकोले सई यादवमाथि अनुसन्धान र छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

गौर कारागारका जेलर शम्भु यादवले भने 'बुधबार होलीको दिन ३ बजेतिर सई तेजीलालले कैदीलाई बाहिर निकालेका थिए। कारागार प्रशासनलाई जानकारी नगराएर आफुखुसी उनले कैदी पवन यादवलाई बाहिर लगेका हुन्।'

जेलर यादव कैदी दुर्घटनामा परेपछि मात्रै आफूले घटनाका बारेमा साँझ जानकारी पाएको बताए। कारागारका नाइके बजारमा तरकारी वा आवश्यक सामग्री किन्न सुरक्षा निकाय र कारागार प्रशासनको अनुमतिमा बाहिर जान पाउने भएपनि  होली मनाउन घर जानुले कारागार सुरक्षामा लापरबाही देखिएको स्थानीयको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.