मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित : कहाँ के हुँदैछ ?

मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित : कहाँ के हुँदैछ ?
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अहिले गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा  मौसम पूर्वानु महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भएका कारण गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भएको हो।

उक्त बादल उत्तर पूर्वतिर सर्दै गइरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।

यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना  छ । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.