पोषणमैत्री वडा घोषणा गर्न चार राजदूत डडेल्धुरामा
![पोषणमैत्री वडा घोषणा गर्न चार राजदूत डडेल्धुरामा](https://annapurnapost.prixacdn.net/media/albums/Dadeldhura_R5Rfqwpnnx.jpeg)
डडेल्धुरा: अमरगढी नगरपालिकाको वडा नं १० लाई पोषणमैत्री वडा घोषणाको तयारी थालिएको छ। वडाको तयारी जानकारी लिन युरोपियन युनियनसँग आवद्ध राष्टका चार राजदूत डडेल्धुरा पुगेका छन्।
अमरगढी नगरपालिका वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणाको तयारीसहित अनुगमन निरीक्षण गर्न युरोपियन युनियनका सदस्य राष्ट्रका राजदूत वडा पुगेको हुन्।
चैत ३ गते पोषणमैत्री वडा घोषणा गर्ने मिति तय भएकाले त्यसको तयारी निरीक्षण गर्न चार राजदूत आइपुगेको अमरगढीका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिए ।
युरोपियन युनियनका राजदूत डिप्रेजसँगै सदस्य राष्ट्र जर्मनीका राजदूत थोमस प्रिन, फ्रान्सका राजदूत गिल्स बोरबाओ र फिनल्याण्ड राजदूत रिना रिक्का हेइक्का सहितको टोलीले वडाको निरीक्षण गरेको छ।
उनीहरुले स्थानीय बासिन्दा र सरोकारवाला निकायसंग छलफल पनि गरेको अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)