थपेको म्याद सकिन लाग्दा आर्खेत पुल अझै अधकल्चो

थपेको म्याद सकिन लाग्दा आर्खेत पुल अझै अधकल्चो
फाइल तस्बिर।
सुन्नुहोस्

पूर्वाधार विकास कार्यालय गोरखाले २०७८ भदौभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७६ सालमा बानियाँ, सिद्धिविनायक जेभी कन्स्ट्रक्सन कम्पनीलाई कामको जिम्मा दिएको थियो।

गोरखा : गोरखाबजार, आरुघाट, आर्खेत सडक निर्माण भएर गाडी चल्न थालेको २० वर्ष नाघ्यो। त्यसयता सडक चौडा भयो। आधाआधी जसो कालोपत्रे पनि भयो। बाँकी सडक पनि पटक–पटक ग्राभेल भयो।  तर, आर्खेत खोलामा पुल नबन्दा बर्खाताका गाडीहरू वारिको वारि, पारिको पारि हुने समस्या २० वर्षदेखि अहिलेसम्म ज्युँकात्युँ छ।

बर्खाका ४ महिना गोरखाबाट आएका गाडी आर्खेत पारि नै रोकिन्छन्। वारिपट्टि आर्खेत–सोती, माछाखोला, दोभानसम्मसम्म छुट्टै सवारी चल्छ। ‘४ वर्षअघि यहाँ पुल बन्ने रे भनेर जग खन्न थाल्यो। अब भने हिउँद बर्खै गाडी चल्ने भयो भनेर हामी सबै खुसी भयौं’, आर्खेतका टंकबहादुर खड्काले भने, ‘तर आजसम्म जस्ताको तस्तै छ । बरु कामै नथालेको भए एउटा खालको ढुक्क त भइन्थ्यो। रातदिन यो अधकल्चो पुल हेरेर बसेका छौं।’ आउँदो बर्खा पनि पारिको बस पारि नै रहने उनले चिन्ता व्यक्त गरे।

पूर्वाधार विकास कार्यालय गोरखाले २०७८ भदौभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७६ सालमा बानियाँ, सिद्धिविनायक जेभी कन्स्ट्रक्सन कम्पनीलाई कामको जिम्मा दिएको थियो। ५ करोड ६५ लाख ४३ हजार रुपैयाँमा कार्यालयसँग सम्झौता गरेको ठेकेदार कम्पनीले म्याद नाघेको १८ महिना बितिसक्दा काम भने अझै १५ प्रतिशत बाँकी छ। म्याद सकिएपछि कार्यालयले फेरि आउँदो चैत मसान्तसम्मका लागि म्याद थप गरेको छ। थपिएको म्याद सकिन जम्मा एक महिना बाँकी छँदा हालसम्म करिब ८५ काम मात्र सम्पन्न गरेको कार्यालयले जनाएको छ।

पुलको आधा जसो स्ल्याब गत वर्ष नै ढलान गरिएको थियो। बाँकी आधा ढलान गर्ने काम एक वर्षदेखि अलपत्र छ। ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिने, पेटी ठेकेदार पनि पटक–पटक भागेका आरुघाट गाउँपालिकाका पूर्वअध्यक्ष पूर्ण दाहालले बताए। 

‘तीनवटा गाउँपालिकाका मान्छेले प्रयोग गर्ने पुल अलपत्र बनाएको छ’, उनले भने, ‘मैले पनि बारम्बार ताकेता गरिरहन्थे। यसपटक पनि भ्याउँदैन कि भन्ने डर छ।’ ४० मिटर लामो पुलको पिलर उठाइसकिएको छ। २० मिटर स्ल्याब गत वर्ष नै ढलान गरे पनि बाँकी काम अझै अलपत्र छ। चैतसम्मको म्यादमा सकिने बताउँछन्, पूर्वाधार कार्यालयका प्राविधिक अधिकृत उमेश योञ्जन भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.