दैलेखका १३ सय बिरामीले पाए निशुल्क उपचार

दैलेखका १३ सय बिरामीले पाए निशुल्क उपचार
शिविरमा बिरामीको शल्यक्रिया गरिँदै । तस्बिर:  हिक्मतबहादुर नेपाली
सुन्नुहोस्

दैलेख : दैलेखमा एक हजार तीन सय बिरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी,दैलेख अस्पताल र नारायण नगरपालिकाको आयोजनामा सञ्चालित पाँच दिने हार्डजोर्नी तथा नसा रोग शिविरमा बिरामीहरूले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका हुन् । 

मिड सोलुसन फाउन्डेशन स्विट्जरल्याण्डको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा एक हजार २ सय ३१ जना बिरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको दैलेख अस्पतालका डा. धर्मराज रेग्मीले बताए । उनका अनसार ७५ जना हाडजोर्नी सम्बन्धी बिरामीको सफल शल्यक्रिया गरिएको छ । हड्डी भाँच्चिएको, हड्डी भाँच्चिएर रड राखेर बिग्रीएको, हातखुट्टा बाँगिएको जस्ता जटिल स्वास्थ्य समस्या झेलिरहेका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको डा.रेग्मीले बताए । 

भाँच्चिएको हड्डीमा राखिएको रड आर्थिक अभावमा निकाल्न नसकेर लामो समयदेखि कष्टकर जीवनयापन गरिरहेका बिरामीहरू शिविरमा सेवा पाएपछि खुसी भएका छन् ।  शिविरमा दैलेखसहित अछाम, कालिकोट, जाजरकोटलगायतका जिल्लाका बिरामीहरूले निशुल्क उपचार पाएको छन् । हाडजोर्नीसम्बन्धी समस्या भोगिरहेका,आर्थिक अभावमा काठमाडौंसम्म गएर उपचार गर्न नसकेर थला परेका बिरामीहरूलाई लक्षित गरेर निशुल्क शिविर आयोजना गरिएको नारायण नगरपालिकाका मेयर लोमन शर्माले बताए ।

शिविरमा हातखुट्टा भाँच्चिएको,बांगिएको र नसा सम्बन्धी रोगको उपचारका लागि विदेशीसहित नेपाली विशेषज्ञ चिकित्सकको टोली दैलेख आएको थियो । स्विट्जरल्याण्ड डा.क्याट्रिन हेगनको नेतृत्वमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीसहित १६ जना विशेषज्ञ चिकित्सकहरुले उपचार सेवा प्रदान गरेका हुन् । यहाँ उपचार हुन नसकेका बिरामीहरुको काठमाडौंमा शल्यक्रिया गरिने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.