उपनिर्वाचनमा उम्मेदवार छान्दै कांग्रेस

उपनिर्वाचनमा उम्मेदवार छान्दै कांग्रेस
फाइल तस्बिर।

काठमाडौं : कांग्रेसले वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन लागि उम्मेदवारको नाम सिफारिस गर्न पार्टी कमिटीलाई निर्देशन दिएको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिम प्रक्रिया पुर्‍याएर उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न निर्देश गरेको हो। 

नागरिकतासम्बन्धी मुद्दामा रास्वपाका सभापति रवि लामिछाने पदमुक्त भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको छ। कांग्रेसले पुस १० अघिको लयमा राजनीति फर्केको विश्लेषण गरेको छ। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरूले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा भएसँगै कांग्रेस पुरानो लयमा फर्किएको निचोड निकालेका छन्। 

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुस १० गते भत्किएको गठबन्धनलाई अहिले यथारूपमा ल्याउन सकेकोमा ठूलो उपलब्धी भएको बताएका थिए। बैठकमा सभापति शेरबहादुर देउवाले बैठकमा आफ्नो तर्पmबाट कुरा राख्न अह्राएका थिए। 

‘अहिले प्रचण्डजीको नेतृत्वमा बनेको सरकार ढाल्नतर्पm कांग्रेस लाग्दैन।’

डा. शेखर कोइराला, 
वरिष्ठ नेता, नेपाली कांग्रेस

देउवाको आदेशपछि खड्काले भनेको कुरा उध्रित गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘पुस १० गतेको कुरा मात्र अब नदोहोर्‍याऔं। त्यतिबेलाको परिस्थितिले गठबन्धन जोगिएन। अहिले हामी फरक लयमा फर्किसकेका छौं। अब हामीसँग नयाँ गठबन्धन छ। यही गठबन्धनको सहयोगमा हाम्रो पार्टीका वरिष्ठ नेता रामचन्द्रजीलाई राष्ट्रपति बनाउन बनाउन सफल भयौं। अहिले बनेको गठबन्धनलाई निरन्तरता दिनु अहिलेको प्रमुख आवश्यकता हो।’

त्यस्तै, कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले अहिलेको प्रचण्ड नेतृत्वको सरकारलाई नै सहयोग गरेर अगाडि बढ्ने बताए। उनले पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘अहिले प्रचण्डजीको नेतृत्वमा बनेको सरकार ढाल्नतर्पm कांग्रेस लाग्दैन। हामी नयाँ गठबन्धनमा छौं। यसलाई ढालेर कांग्रेस बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउनतर्फ लाग्दैन। 

यसमा गठबन्धनका साथीहरू ढुक्क भए हुन्छ।’ 

कोइरालाले एमालेले कांग्रेस अहिले गठबन्धनमा सामेल भएर अन्ततः सरकार ढाल्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने पक्षमा लागेको भनेर ह्विम फैलाएको बताउँदै भने, ‘एमाले साथीहरूको कुराको पछि नलाग्नुस्।’ कोइरालाका अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने पनि स्पष्ट पारे। 

त्यस्तै, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण अहिलेको गठबन्धन निकै ठक्कर खाएर बलियो विश्वास र सहकार्यले बनेको गठबन्धन भएकोले यो लामो समयसम्म जाने बताए। उनले भने, ‘यो गठबन्धन ठूलो मेहनेतले बनेको हो। हामी एउटा लय समात्दै छौं। अहिले नै टुट्ने कुराको शंका उपशंका गर्ने माहोल बन्दैन’, महतले भने, ‘हामी सबै गठबन्धनका साथीहरू मिलेरै सरकारमा जाने तयारीमा छौं। उपराष्ट्रपतिको निर्वाचनपछि सरकारमा सहभागिताको कुरा उठ्छ।’ 

प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै कांग्रेस सरकारमा सहभागी हुने महतले बताए। ‘सरकारमा जानेबारे बुधबारको बैठकमा छलफलमा भएको छैन। विश्वासको मत लिएपछि अगाडि बढ्छ। चैत ६,७ गते विश्वासको मत लिने तयारीमा छौं। चैत १३ अगावै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता पनि छ’, महतले भने। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले, राप्रपासहितका अन्य ७ दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री भएका थिए। कांग्रेस त्यतिबेला प्रतिपक्षमा थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.