त्रिवि क्रिकेट मैदानमा हजारौं समर्थक (तस्बिर)
क्रिकेट मैदान परिसरमा हजारौं नेपाली समर्थक पुगेका छन्।
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा युएईविरुद्ध नेपालको खेल जारी रहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलका लागि यूएईका कप्तान मुहम्मद वासिमले ब्याटिङ रोजेका हुन्।
नेपाली टिमका प्रशिक्षक मोन्टी देशाईले करण केसीको स्थानमा गुल्शन झालाई मौका दिएका छन्। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा पक्का गरिसकेको छ।
आज जारी नेपाल र युएइबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले बुधबार टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने घोषणा गरेको हो।
आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ। क्रिकेट मैदान परिसरमा हजारौं नेपाली समर्थक पुगेका छन्। नेपाली टोलीको हौसला बढाउन पुगेका दर्शकले त्रिवि क्रिकेट मैदान भरिएको छ।
तस्बिर : अभिषेक महर्जन









प्रतिक्रिया दिनुहोस !