बैंक सुपरिवेक्षण अब स्वचालित प्रणालीमा

बैंक सुपरिवेक्षण अब स्वचालित प्रणालीमा
फाइल तस्बिर

काठमाडौं: बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा हुने भएको छ।

सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस)कार्यान्वयनमा ल्याएकाले स्वचालीत हुने भएको हो। यसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरिवेक्षकीय प्रणाली थप सबल, वस्तुनिष्ठ तथा प्रभावकारी बन्ने र यसबाट वित्तीय क्षेत्रको स्थायित्वमा योगदान पुग्ने बताइएको छ।

बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पीप्पा बर्डले यो प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई बिहिबार हस्तान्तरण गरेका हुन्।

यसैक्रममा गभर्नर अधिकारीले वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको निम्ति विश्वसनीय र यथार्थ तथ्याङ्क आवश्यक पर्ने उल्लेख गर्दै एसआईएसले त्यो आवश्यकतालाई परिपूर्ति गर्ने बताए।
 
यस्तै, एफसीडीओका निर्देशक बर्डले एसआईएसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको निम्ति बेलायत सरकार सधैँ प्रतिबद्ध रहेको धारणा राखे । 

‘सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस)’ अनलाइन प्रविधिमा आधारित रिपोर्टिङ सिस्टम हो । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा नियमित रूपमा रिपोर्टिङ गर्नुपर्ने तथ्याङ्क र सूचना यसै प्रणालीमार्फत पेश गर्दछन्। स्वाचालित प्रणालीबाटै ती तथ्याङ्कको प्रशोधन गरिन्छ । एसआईएसको कार्यान्वयनबाट सुपरिवेक्षकीय प्रणाली आधुनिक, स्वचालित र थप प्रभावकारी बन्न पुगेको सरोकारवालाहरूको विश्वास छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.