एनसेलले ल्याएको 'मज्जाको प्लान' शुक्रबारदेखि सञ्चालनमा आउने

काठमाडौं: एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डलसहित नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ।
नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ चैत ३ गते शुक्रबारदेखि सञ्चालनमा आउने छ। इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट यो प्लान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
ग्राहकले यो स्टार्टर प्याक कर सहित ५९९ रुपैयाँमा खरिद गर्न सक्छन् । यस प्याक अन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ ।
यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले २०० रुपैयाँदेखि ४९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने ५०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनसको मजा लिन सक्छन् ।
यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ रुपैयाँमा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन् । त्यस्तै प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन् ।
सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ । ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।
प्रतिक्रिया दिनुहोस !
