उत्पादनलाई व्यावसायिक बनाउन कृषि मेला
तानसेन : पाल्पाको तानसेन नगरपालिका-९ मदनपोखरामा कृषि मेला तथा प्रदशर्नी सञ्चालन गरिएको छ।
नम्बर वडा कार्यालयले कृषकलाई प्रविधिसँग जोडेर उत्पादनमा वृद्धि गराउने तथा कृषि पेसालाई सम्मानित पेसा बनाउने उद्देश्यले मेला सञ्चालन गरेको हो।
मेलामा स्थानीय तरकारी, केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, तथा प्रशोधित खाद्यान्न, फलफूल तथा नर्सरी राखिएको थियो।
साथै कृषिमा आवश्यक पर्ने औजार धान मकै लगाउने मेशिन, मिनि टिलर, घरेलु कृषि औजारको प्रदर्शनी गरिएको तानसेन-९ का वडाध्यक्ष राजेश कुमार अर्यालले बताए।
प्रतिक्रिया दिनुहोस !