के गर्छ स्ववियु निर्वाचनले ?

स्ववियु निर्वाचनमा दलीय हस्तक्षेप किन ?

स्ववियु निर्वाचनमा दलीय हस्तक्षेप किन ?

‘खुकुरीसहित समातिएका व्यक्तिलाई प्रहरी प्रशासनले तत्कालै लगेर छोड्छ। तोडफोड गरी पक्राउ परेकाहरूलाई सरकारले कारबाही गर्न दिँदैन। अब यस्तो क्रियाकलापले पनि स्ववियु निर्वाचन निष्पक्ष होला र ?’

काठमाडौं : विद्यार्थीको शैक्षिक हक, अधिकार र अवसरका लागि संस्थागत रूपमा बोल्ने निकाय हो (स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)। विश्वविद्यालयले यसको आवश्यकतालाई आत्मसात गर्दै नियमसंगत रूपमा मान्यता प्रदान नै गरेको छ। अनि, एक विश्वासिलो सहयोगीका रूपमा अँगालेको छ। तर, पछिल्लो समय स्ववियु नै दलको राजनीति गर्ने थलो बन्दा यसको नकारात्मक असर उच्च शिक्षा दिने क्याम्पस र शिक्षा लिने विद्यार्थीमा परेको प्रत्यक्ष देखिन्छ। शिक्षा क्षेत्रका विज्ञ भन्छन्, ‘राजनीतिको छायामा स्ववियु पर्‍यो। यसको असर विद्यार्थी हुँदै मुलुकमा पर्छ।’

प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्छ। तर, विभिन्न कारणले १४ वर्षदेखि नियमित हुन सकेको छैन। आज (आइतबार) का लागि देशभरका क्याम्पसमा स्ववियुको निर्वाचन मिति पनि तोकियो। तर, त्यहीँ राजनीतिक प्रभावका कारण धेरै स्थानमा रोकिए। कतै अन्योलमै परे। केही स्थानमा निर्विरोध सकिए पनि। र, केही स्थानमा आज हुँदै छ। तर, जहाँ जे भए पनि त्यहाँ राजनीतिक दलको भ्रातृसंस्थाको प्रत्यक्ष सहभागिता बिना कुनै काम भएको छैन।

पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख दिलबहादुर क्षेत्री स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कुनै पार्टीको चुनाव जस्तो भएको बताउँछन्। ‘यो विद्यार्थीको पक्षमा बोल्ने स्वतन्त्र संस्था हुनुपर्नेमा राजनीतिक हस्तक्षेपले दलको चुनाव जस्तो भयो। यो सकारात्मक पक्ष होइन।’

विश्वविद्यालयले प्रवाह गर्ने अध्ययन, अनुसन्धान, खोज, सिर्जना, संरक्षणजस्ता सबै कार्यहरूमा समग्र विद्यार्थीहरूको समान अवसरका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने नेतृत्व आउनुपर्नेमा यस्तो निर्वाचनले दलको कार्यकर्ता मात्रै जन्माउने क्षेत्री बताउँछन्। युवा विद्यार्थीमा राजनीतिक नेतृत्व क्षमताको विकास पनि आवश्यक छ। तर, युवा विद्यार्थीलाई केही नबुझी राजनीतिको भुमरीमा हाल्न नहुने उनको भनाइ छ। राजनीति प्रतियुवाको आकर्षण बढे पनि स्ववियुको नाममा राजनीति हुन नहुने उनको तर्क छ।

लामो समयपछि हुन लागेको निर्वाचनमा उम्मेदवार बनेका विद्यार्थी नेतामा स्ववियुको चुनाव किन आवश्यक छ र यसबाट के उपलब्धि हुन्छ भन्ने कुराको पनि स्पष्ट ज्ञान नभएको प्रत्यक्ष भेटिन्छ। यसले आगामी दिनमा क्याम्पसमा कस्तो प्रभाव पार्ला सहजै अनुमान गर्न सकिने विज्ञ तर्क गर्छन्। विभिन्न दल निकट विद्यार्थी संघ, संगठनले निर्वाचन नजिकिएकै समयमा गरेका क्रियाकलापले पनि सकारात्मक सन्देश दिएको छैन। केही क्याम्पसमा तोडफोड, तालाबन्दी र आन्दोलनसँगै चुनाव रोकिनुमा राजनीतिक दलको नकारात्मक प्रभाव रहेको प्रष्ट हुन्छ।null

काठमाडौं उपत्यकाको एक क्याम्पसमा नमुना मतदानमा सहभागी हुँदै विद्यार्थी। तस्बिर : दिपेन श्रेष्ठ

त्रिभुवन विश्वविद्यालयका निर्वाचन समितिका अध्यक्ष शिव भुसाल कलेजहरूमा विभिन्न कारणले निर्वाचनमा अवरोध भएको बताउँछन्। भन्छन्, ‘सबैमा निर्वाचन हुन नसक्नुका विभिन्न कारण छन्। वार्ता गर्दै फकाउँदै अगाडि बढाउँदै लगेका छौं। जित्ने जस्ताले निर्वाचन गराउन चाहने, हार्नेले नचाहने जस्ता कारणले अवरोध र ताला लगाउने काम भएका छन्।’

कलेजहरूमा दलहरूको विद्यार्थी संगठन बन्नुलाई अब नकार्न नसकिने भुसाल बताउँछन्। भन्छन्, ‘विद्यार्थी संगठनका पछाडि दलहरू छन्। हामीले नराम्रो भन्दिन भएन।’ नराम्रो कुरालाई नराम्रो भन्न त मिल्छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो त हो। तर, हामीले देखेका छैनौ नि ! नदेखि भन्न पनि भएन।’

पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख क्षेत्री शिक्षामा पहुँच नपुगेका विद्यार्थीका लागि लड्ने, मुलुकको भविश्यका लागि राज्यलाई दबाब दिने र मुलुकलाई सम्हाल्न सक्ने नेतृत्व अझै कलेजमा जन्मिन नसकेको बताउँछन्। भन्छन्, ‘यहाँ त विद्यार्थी नेता पार्टीका भ्रातृ संगठन बनेर उनीहरूको आदेशमा लडिरहेका छन्। स्ववियु चुनाव लड्न नेताको चाकडी गरेका छन् भने नेताहरू पनि उनीहरूमाथि हस्तक्षेप गरिरहेका छन्। राजनीतिक परिवर्तनमा विद्यार्थी संगठनको योगदान रहे पनि राजनीतिक दलको हस्तक्षेपले शैक्षिक स्थितिको सुधार हुँदैन।’

उनी विद्यार्थी संगठनलाई आचारसंहिताभित्र राखेर के गर्न पाउने ? के गर्न नपाउने ? भन्ने सीमा तोक्नुपर्ने बताउँछन्। ‘स्ववियु चुनाव स्वागत योग्य छ। तर, राजनीतिक दलको दबाब हट्नुपर्छ। अन्यथा विद्यार्थी संगठनको अर्थ हुँदैन्। विश्वविद्यालय पढ्ने ठाउँ हो। पहिलेबाटै यसलाई राजनीतिको केन्द्र बनाउनु हुँदैन थियो।’

अहिले स्ववियु निर्वाचनले विद्यार्थीका मुद्दाहरू उठाउन सकेन। यो निर्वाचनप्रति विद्यार्थीको आकर्षण नै छैन। विद्यार्थी र राजनीतिक दलहरूको सम्बन्ध त पहिला पनि यस्तै हो। लामो समयदेखि निर्वाचन हुन नसक्दा पनि दलको हस्तक्षेप बढेको हुन सक्छ।
गगन थापा, महामन्त्री, कांग्रेस

विद्यार्थीहरू स्वयत्त रूपमा चल्न सकेनन्। आफ्ना पार्टीले भने बमोजिमले चल्नु हुन्न थियो। उनीहरूलाई आफ्नो विधिविधान अनुसार चल्न दिनुपर्ने हो। त्यो देखिएको छैन। विद्यार्थीमाथि धेरै हस्तक्षेप गर्नुहुँदैन।
पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव, एमाले

विद्यार्थी निर्वाचनले देशभक्त जनताप्रति उत्तरदायी नेताहरू तयार पार्छ। यसबाट पार्टीका उत्तराधिकारी तयार हुन्छन्। दलको साथ त चाहियो नि!
पम्फा भुसाल- नेतृ, माओवादी केन्द्र

एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुका सभापति समिक बडाल विद्यार्थी निर्वाचनमा राजनीतिक समस्या देखिएको स्वीकार गर्छन्। उनी पछिल्लो समय सत्तापक्षीय राजनीतिक दलका विद्यार्थी संगठनको नकारात्मक गतिविधि निर्वाचनमा बढेकाले स्ववियु निर्वाचन निष्पक्ष हुन समस्या भएको दाबी गर्छन्। क्याम्सहरूमा खुकुरी लिएर हिँड्दा पनि राज्यले दोषीलाई कारबाही गर्न नसक्नु यसको मुख्य उदाहरण भएको उनको तर्क छ। ‘राज्यले कलेज र विद्यार्थीको सुरक्षालाई संवेदनशील रूपमा नलिएको देखिन्छ। यसो हुनुको पछाडि आफ्नै विद्यार्थी संगठन बचाउन होइन र ?’ उनले प्रश्न गर्दै भने।

केही दिन अगाडि आरआर क्याम्पसमा भएको घटनालाई लक्षित गर्दै उनले भने, ‘खुकुरीसहित समातिएका व्यक्तिलाई प्रहरी प्रशासनले तत्कालै लगेर छोड्छ। तोडफोड गरी पक्राउ परेकाहरूलाई सरकारले कारबाही गर्न दिँदैन। अब यस्तो क्रियाकलापले पनि स्ववियु निर्वाचन निष्पक्ष होला र ?’ यसपटक हुन लागेको चुनावलाई भयभित वातावरणमा सरकारले नै बनाएको उनको आरोप थियो।

  • २०७३ सालमा २६ वटा आंगिक क्याम्पसमा चुनाव भए पनि अधिकांशमा २०६५ देखि हुन सकेन।
  • ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन तोकियो। तर, ४० प्रतिशतमा मात्रै हुने आकलन छ।
  • पहिलोपटक २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ।

त्रिविले यसअघि २०७३ सालमा जम्मा २६ क्याम्पसमा चुनाव गराएको थियो। अहिले पनि देशभरका क्याम्पसमा त्रिभुवन विश्वविद्यालयले तोकेकै मितिमा निर्वाचन अनिश्चित बन्न पुगेको केही विद्यार्थीको तर्क छ। जसमा क्याम्पस प्रशासन, विद्यार्थी र राजनीतिक दलको आआफ्नै स्वार्थ जोडिएको छ। त्रिभुवन विश्वविद्यालयका देशभरिका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने भनिए पनि तीमध्ये ४० मा प्रक्रिया रोकिएका छन्।

के गर्छ स्ववियु निर्वाचनले ?

अहिले भएका १४ सय क्याम्पसमध्ये एकदमै कम मात्र क्याम्पस मात्रै गुणस्तरीयताको मापन भित्र पर्छन्। विश्वविद्यालयहरू तालाबन्दी, तोडफोड र आगजनीमा विद्यार्थीहरू नै सामेल छन्। स्ववियु चुनाव किन आवश्यक छ र यसले के गर्छ भन्नेमा ध्यान नपुगेको देखिन्छ।

स्ववियु चुनावले विद्यार्थी संगठनका गलत क्रियाकलाप नियन्त्रण हुने मात्र नभएर क्याम्पस प्रशासनले गर्ने लापरबाही रोक्न सकिने विश्वास विद्यार्थीहरूको छ। तर, विद्यार्थी नेताहरू शैक्षिकभन्दा राजनीतिक मुद्दामा केन्द्रित हुँदा समस्या हुने पो हो कि भन्ने चिन्ता पनि धेरै विद्यार्थीको छ।null

स्ववियुको निर्वाचनका लागि दाङको एक क्याम्पसमा बनाइएको मतदानस्थल ।

कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका अध्यक्ष दुजांग शेर्पा भने विद्यार्थी निर्वाचनमा पार्टीका नेताहरूको चासो जायज भएको बताउँछन्। उनी अन्य दलहरूले भन्दा आफ्नो पार्टीले यो चुनावमा कम चासो दिएको बताउँछन्। ‘हो, राजनीतिक दलहरूले यसमा चासो लिनुभएको छ। तर, अन्य पार्टीका नेताहरूले भन्दा नेपाली कांग्रेसले हस्तक्षेप कमै मात्रामा गरेको छ,’ उनले दलको बचाउ गर्दै भने।

क्याम्पस प्रशासन कति जिम्मेवार ?

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मी भने दलहरूको हस्तक्षेपभन्दा पनि अन्य कारणले निर्वाचनमा अवरोध आइरहेको बताउँछन्। भन्छन्, ‘दलहरूले आफ्ना सहयोगी भूमिका मात्र निर्वाह गरेका छन्। हाम्रो पार्टीको त्यस्तो हस्तक्षेप छैन।’

त्रिविका आंगिक र सम्बन्धनप्राप्त कलेज/क्याम्पसका स्ववियुमा आइतबार चुनाव हुँदै छ। तर, विद्यार्थीको हकहितका लागि काम गर्नुपर्ने यो निकायमा देशको दलीय राजनीतिको विकृत छायाँ परेको छ। यसको नकारात्मक असर विद्यार्थी हुँदै मुलुकलाई पर्ने विज्ञ बताउँछन्। दुई–दुई वर्षमा हुनुपर्ने चुनाव १४ वर्षसम्म नियमित हुन पनि सकेन। यसपटक पनि धेरै ठाउँमा रोकिएको छ।   

विभिन्न क्याम्पसहरूमा फर्जी विद्यार्थी भर्ना गर्ने। हार हुने डरले तालाबन्दी गर्ने लगायतका निर्वाचनमा अवरोध हुने खालका कामहरू भएको र यसमा क्याम्पस प्रशासन पनि जिम्मेवार रहेको उनी बताउँछन्। ‘कैयौं ठाउँमा संगठन बलियो भए पनि प्रशासनले अर्को दललाई सहयोग गर्न खोज्दा प्रशासन कै कारण पनि चुनाव रोकिएका छन्,’ उनले भने।

समाजवादी विद्यार्थी संगठनका अध्यक्ष सुधेश पराजुली भने यो विद्यार्थीको चुनावभन्दा पनि पार्टीको चुनाव जस्तो भएको बताउँछन्। भन्छन्, ‘पार्टीका व्यक्तिहरूले क्याम्पस प्रशासन प्राध्यापकलाई निष्पक्ष हुन दिँदैनन्। जसले यस चुनाव निष्पक्ष र तटस्थ हुन सकेन्।’ यस्तो किन हुन्छ ? भन्ने प्रश्नमा पराजुली भन्छन्, ‘त्यही त हो, प्राध्यापकलाई भीसी बन्न डिन बन्न रजिस्टार बन्न होला। उहाँहरूले धेरै राजनीतिक गरेकै कारण यो चुनाव धेरै गाह्रो भएको छ।’

उनले यस्तो हस्तक्षेपलाई कसरी मुक्त गर्ने भन्ने विषय नै सोच्न नसकिएको बताए। ‘यसपटक सुधार गर्न सकिएन आगामी चुनावमा पार्टीको भन्दा विशुद्ध विद्यार्थीको निर्वाचन बनाउन लागि पर्नुपर्छ।’

यसो भन्छन् दलका नेता

विद्यार्थी निर्वाचनले विद्यार्थीका मुद्दाहरू उठाउन नसकेको कांग्रेस महामन्त्री गगन थापा बताउँछन् अहिलेको स्ववियु निर्वाचनप्रति विद्यार्थीको आकर्षण नभएको उनको बुझाइ छ। थापा भन्छन्, ‘विद्यार्थी आन्दोलनले उनीहरूको मुद्दा उठाएर आकर्षित गर्न पथ्र्याे। तर, त्यो हुन सकेन्।’

विद्यार्थी र दलहरूसँगको सम्बन्धन भने पहिलादेखि नै रहेको उनको भनाइ छ। ‘विद्यार्थी र राजनीतिक दलहरूको सम्बन्ध पहिला पनि यस्तै हो। पहिला पनि थियो र लामो समयदेखि निर्वाचन हुन नसक्दा पनि यो अवस्था आएको होला,’ उनले भने। उनी केही स्थानमा रेकिएको निर्वाचनका विषयमा बोल्दै भन्छन्, ‘केही ठाउँमा मात्र निर्वाचन हुने र धेरै ठाउँमा विभिन्न कारणले अवरुद्ध भएको सुनेका छौं। पहिला–पहिला जुन खालको उत्साह देखिन्थ्यो। अहिले कम भएको देखेको छु मैले।’

एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ स्ववियु निर्वाचनका स्वतन्त्र विद्यार्थीहरू स्वयत्त रूपमा चल्न नसकेको बताउँछन्। ‘आफ्ना पार्टीले भने बमोजिमले चल्नु हुन्न थियो। तर, यसमा दलको पनि संलग्नता होला। उनीहरूलाई आफ्नो विधिविधान र कार्यविधिअनुसार चल्न दिनुपर्ने हो। त्यो देखिएको छैन। विद्यार्थीमाथि धेरै हस्तक्षेप गर्नुहुँदैन,’ उनले भने।

माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल विद्यार्थी निर्वाचनले देशभक्त जनताप्रति उत्तरदायी नेताहरू तयार पार्ने बताउँछिन्। ‘यसबाट पार्टीका उत्तराधिकारी तयार हुन्छन्। धेरै वर्षयता स्ववियु निर्वाचन नहुनाले युवा पंक्तिमा देश र समाजप्रतिको कर्तव्य हराए जस्तो देखिन्थ्यो। अब त्यो क्रम रोकिएला नि,’ उनी थप्छिन्, ‘विदेश जाने जनशक्तिको समाधान पनि हो स्ववियु निर्वाचन।’ युवाहरूले राजनीति नगरे गैरराजनीति शक्ति हावी हुने उनको बुझाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.