ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
तानसेन : पाल्पामा ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका-२ मसारका ६९ वर्षीय होम बहादुर लामटांगे रहेका छन्।
रैनादेवीछहरा गाउँपालिका-१ सिद्धेश्वरबाट चुनढुंगा बोकेर बुटबल जाँदै गरेको लु २ ख २४४६ नम्बरको ट्रिपरले मसारमा हिँडिरहेका उनलाई ठक्कर दिएको थियो।
ट्रिपर र चालकलाई नियन्त्रण लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !