स्ववियु निर्वाचन : डडेल्धुरा बहुमुखी क्याम्पसमा ४७० मत खस्यो

स्ववियु निर्वाचन : डडेल्धुरा बहुमुखी क्याम्पसमा ४७० मत खस्यो
मतदान गर्न क्याम्पसमा उपस्थित विधार्थी । तस्बिर : धनबहादुर भण्डारी
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पसमा  जारी स्ववियु निर्वाचनअन्तर्गत अहिलेसम्म ४७० जनाले मतदान गरेका छन् । आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। क्याम्पसमा ७ सय ९८ मतदाता रहेका छन् । समाचार तयारपार्दासम्म प्रत्यक्षतर्फ ४७० र समानुपातिकमा ४६६ विद्यार्थी मतदान गरेको निर्वाचन समितिका कर्मचारी मोहन रावलले जानकारी दिए।

null

स्वतन्त्र विद्यार्थी युनियनका लागि तीन प्यानल चुनावी मैदानमा छन् । नेपाल विद्यार्थी संघ,नेपाल विद्यार्थी संघ (बीपी) प्यानलसहित चुनावी मैदानमा रहेका छन् । 

नेविसंघबाट सभापतिमा दुर्गाप्रसाद भट्ट,संयुक्त प्यानलको तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघ (बीपी)का मदनबहादुर बोहरा र अखिलबाट गणेशबहादुर क्षेत्रीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृत भुवनेश्वर पनेरुका अनुसार आज ४ बजेसम्म मतदान हुने समय तालिका रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.