भोजपुरको टेम्केमैयुङमा एम्बुलेन्स सञ्चालन

भोजपुरको टेम्केमैयुङमा एम्बुलेन्स सञ्चालन
सुन्नुहोस्

भोजपुर : जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा पहिलो पटक एम्बुलेन्स सञ्चालनमा आएको छ। एम्बुलेन्स आएसँगै गाउँपालिकावासी हर्षित बनेका छन्। 

गाउँपालिकाले रेडक्रस उपपशाखा अन्नपूर्णलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। शाखाको पहलमा रेडक्रस केन्द्रीय कार्यालयको अनुदान रकम र गाउँपालिकाको आर्थिक सहयोगमा रेडक्रस उपशाखा अन्नपूर्णले खरिद गरेको हो।

एम्बुलेन्स सञ्चालनलाई सहज बनाउनका लागि डाली कोषको सुरुवात गरिएको छ। डाली कोषमा गोविन्द मुकारुङले २५, हजार, टंक प्रसाद रेग्मीले २५ हजार, पालिका अध्यक्ष सरोज बस्नेतले २५ हजार, स्थानीय जीवन किरातीले ११ हजार १ सय ११ र केदार अधिकारीले १० हजार प्रदान गरेका छन्। 

कोषमा संकलन भएको रकम मुद्दती खातामा राखी त्यसको ब्याजबाट खर्च गरिने रेडक्रस उपशाखा अन्नपूर्णका सभापति केदार अधिकारीले बताए।

गत असोज ६ गते काठमाडौंको नाँचघरमा भएको आफ्नो एकल साँझबाट संकलित १ लाख रुपैयाँ गायक भिषण मुकारुङले पनि सहयोग गरेका छन्। 

उनले एम्बुलेन्स अभावमा दुर्गमका नागरिकले अकालमै ज्यान गुमाउने विगतका समस्यालाई समाधान गर्न एम्बुलेन्स खरिदका लागि व्यक्तिगत रूपमै सहयोग गरेका थिए।

कतिपय क्षेत्रमा सर्वसाधरण अझै पनि स्ट्रेचरबाटै बिरामी ओसारपसार गर्ने गरेका छन्। एम्बुलेन्स सञ्चालनले दुर्गम भेगका नागरिकका लागि स्वास्थ्य सेवा सहज हुने गाउँपालिकाकी उपप्रमुख रमादेवी राईले बताइन्। उनले भनिन्, ‘एम्बुलेन्स सेवा हाम्रो गाउँपालिकावासीको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो, यसले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको छ।’ 

एम्बुलेन्स सेवामा गर्भवती महिला र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ। भौगोलिक अवस्थाका आधारमा सहुलियत भाडा दररेट कायम गरी सेवा प्रदान गरिने भएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.