भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा नेविसंघका प्रकास सिंह विजयी

जाजरकोट : मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको भेरी ज्ञानोदय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका प्रकास सिंह विजयी भएका छन्।
आइतबार भएको निर्वाचनमा सिंहले अनेरास्ववियुका छविराज सिंहलाई ३० मतान्तरले पराजित गदै सत्ता गठबन्धनका साझा उम्मेदवार सिंहले जित निकालेका हुन्।
नेविसंघका प्रकासले १ सय १० मत प्राप्त गरेर विजयी भएको क्याम्पस प्रमुख बलराम भण्डारीले बताए। उनका प्रतिस्पर्धी अनेरास्ववियुका छविराजले ८० मत प्राप्त गरेका छन्। जम्मा २ सय ८२ मतदाता रहेकोमा २ सय ३८ मत खसेको थियो।
नेविसंघ र अखिल क्रान्तिकारीले गठबन्धन गरी सबै पदमा साझा उम्मेदवार बनाएका थिए। सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका भुपेन्द्र नेपाली विजयी भएका छन्।
भुपेन्द्रले १ सय १७ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन्। त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका विनोद गासाईं १ सय २९ मत सहित विजयी भएका छन्।
उनका प्रतिस्पर्धी अनेरास्ववियुका प्रतिमा खत्रीले ६१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। सदस्यमा गठबन्धनका रमेश जैसी र युवराज सिंह विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस !
