पाल्पाका तीन क्याम्पसमा सर्वसम्मत नेतृत्व

पाल्पाका तीन क्याम्पसमा सर्वसम्मत नेतृत्व
फाइल तस्बिर।
सुन्नुहोस्

तानसेन : पाल्पाका ४ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा दुईटामा एमाले निकट अनेरास्ववियु सर्वसम्मत रुपमा प्यानलसहित विजयी भएको छ भने एक वटामा भएको निर्वाचनमा नेविसंघसहितको संयुक्त विद्यार्थी प्यानल विजयी भएको छ। एकवटामा ७ वटा विद्यार्थी संघठनले सर्वसम्मत् रूपमा नेतृत्व चयन गरेका छन्।

त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा सहमतिमा स्ववियु पदाधिकारी चयन भएका छन। सात विधार्थी संघ संगठनबीच भएको सहमति अनुसार नेपाल विद्यार्थी संघले सभापति र दुई सदस्य, नेकपा एमाले निकट अनेरास्ववियुले उपसभापति, कोषाध्यक्ष र दुई सदस्य, अखिल क्रान्तिकारीले सचिव र पाँच सदस्य, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले सहसचिव र दुई सदस्य, राष्ट्रिय प्रजातान्त्रिक संगठन, अखिल छैटौं, असंलग्न विद्यार्थी संगठनले एक एक सदस्य चयन भएका हुन।

तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियुको अध्यक्षमा कृष्ण अर्याल, उपाध्यक्षमा अमृत भट्टराई, सचिवमा ताराबहादुर रायमाझी, सह–सचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका निर्वाचन अधिकृत जीवन थापाले बताए।  

यसैगरी सदस्यहरूमा सुदर्शन पाण्डे, इन्दु थापा, मिस्मा राना, सुशिल बस्याल, भीम लुंगेली, सृष्टि राष्कोटी मगर, मिलन सारु, सुजिता राना, विज्ञान दूधराज, उज्वल भट्टराई, तुषार कालिकोटा, अंशु ठडराई, विशाल विष्ट, प्रवेश अर्याल स्ववियु सदस्यमा चयन भएका छन्। 

त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा इतिहास रचिएको छ, यस अघिका स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्वियुबीच कडा प्रतिस्पर्धा हुँदै आएको यसपटक भने सबै विद्यार्थी संघ–संगठनको सरसल्लाहमा सहमतीमा नेतृत्व चयन गरिएको निवर्तमान स्ववियु सभापति हरिबोल भट्टराईले बताए।

अबका दिनमा स्ववियुमा निर्वाचीत साथीहरूलाई काम गर्न सजिलो हुने उनले बताए। फागुन २७ गते एमाले निकट अनेरास्ववियुले विभिन्न मागहरू राख्दै स्ववियु निर्वाचन कार्यालय र क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेपछि निवर्तमान स्ववियु सभापतीको अग्रसरतामा सर्वसहमतिको प्रयास खोजिएको थियो। करीव एकहप्ता लामो गृहकार्यपछी सबै संघ संगठन स्ववियुमा प्रतिनिधित्व गर्न सहमत भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.