क्रिकेटर करण र सुवासलाई बागलुङ नगरपालिकाले सम्मान गर्ने

क्रिकेटर करण र सुवासलाई बागलुङ नगरपालिकाले सम्मान गर्ने
सुन्नुहोस्

बागलुङ : बागलुङ नगरपालिकाले क्रिकेटर करण केसी र सुवास भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ।

राष्ट्रिय टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई सम्मान गर्ने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख र यू-१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित बुधबार सम्मान गरिने उपप्रमुख खड्काले बताए।

करण बागलुङ नगरपालिका-८ सिगानाका हुनभने सुवास काठेखोला गाउँपालिका-१ पालाका हुन्। दुवै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

देशको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेल मार्फत देशको नाम राख्न सफल भएकोले खेलाडीहरूलाई सम्मान गर्न लागिएको उपप्रमुख खड्काले बताए। 

उनले राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीहरूलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गर्न लागेको बताए।

आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिँदै सानदार प्रर्दशन गरेका थिए। करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर अलराउण्डर हुनभने सुवास यू-१९ क्रिकेट टोलीका स्पिनर हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.