लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी संसदीय दलको बैठक बस्दै

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी संसदीय दलको बैठक बस्दै
सुन्नुहोस्

बुटवल : माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको  बैठक अहिले बुद्धजन्मस्थल लुम्बिनीमा बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक परिदृश्यका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र सरकारमा सहभागी छ । सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

‘सरकारलाई दिएको समर्थन फिर्तासहितका नयाँ सरकार गठनका विषयमा छलफल गर्न बैठक बस्दैछ,'उनले भने । लुम्बिनीको एक होटलमा बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनीमा नयाँ सरकार बन्दा माओवादी केन्द्रको नेतृत्वमा हुनुपर्ने दावी छ । कांग्रेसबाट पनि सरकारमा दाबी रहेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.