राप्ती प्रतिष्ठानमा फोहोरबाट मोहर

राप्ती प्रतिष्ठानमा फोहोरबाट मोहर
सुन्नुहोस्

दाङ : दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य जन्य फोहोरमैला व्यवस्थापन गरेर मासिक आम्दानी गर्न थालेको छ। 

अस्पतालमा उत्पादन भएको फोहोर व्यवस्थापन गरेर मासिक ४० हजार आम्दानी भइरहेको प्रतिष्ठानले जनाएको छ।

उचित व्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य जन्य फोहोरमैला व्यवस्थापन गरेर प्रतिष्ठानले मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरिहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले जानकारी दिए। प्रतिष्ठानले सोबाट प्राप्त आम्दानीले फोहोरमैला व्यवस्थापनमा खर्च गर्ने गरेको छ।

देशका धेरै स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनमा गम्भीर नभइरहेको अवस्थामा पछिल्लो डेढ वर्षदेखि प्रतिष्ठानले छुट्टै एकाइ नै स्थापना गरी अत्याधुनिक प्रशोधन गर्ने उपकरणमार्फत फोहोरलाई अलग–अलग गरी निर्मलीकरण गर्ने काम गरिहेको र उक्त फोहोरबाट आम्दानीसमेत भइरहेको लामिछानेले जानकारी दिए। विद्यमान स्वास्थ्य मापदण्डलाई पालना गरेर गुणस्तरीय सेवा दिइरहेको समेत लामिछानेले बताए।

सेवा प्रवाहका क्रममा उत्पादन हुने फोहोर संकलन गरी त्यसको उचित व्यवस्थान गर्न प्रतिष्ठानले योजनाबद्ध ढंगले काम गरिरहेको कार्यक्रममा जानकारी गराइएको थियो।

प्रतिष्ठानका निमित्त उपकुलपति एवं शिक्षाध्यक्ष डा. बसन्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनमा भइरहेको कार्यबारे प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले प्रकाश पारेका थिए।

नेपाल सरकार र जीआईजेडको प्राविधिक सहयोगमा भइरहेको स्वास्थ्य जन्य फोहोरमैला व्यवस्थापन कार्यक्रममा भइरहेको प्रगतिका बारेमा वेष्ट सर्भिसका सीईओ सन्तोष पौडेलका साथै सो सर्भिसका दीपेन्द्र उप्रेती फिल्ड कोअर्डिनेटर केशव खड्काले कार्य प्रगतिबारे प्रकाश पारे।

कार्यक्रममा एकीकृत स्वास्थ्य फोहोरमैला प्रवद्र्धनको अवस्था, नेपालमा फोहर व्यवस्थापनका विषयमा भइरहेका अभ्यास, स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा निस्कने फोहर, त्यसको जोखिम र व्यवस्थापनमा गर्नुपर्ने उपायका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले स्रोतमै फोहोर घटाउनु पर्ने, फोहोर व्यवस्थानका लागि स्थानीय सरकारले गर्नुपर्ने सहयोग र संस्थाहरूले पनि समन्वय गर्नुपर्ने, फोहर व्यवस्थापनका लागि स्वास्थ्य संस्था स्वयंले गम्भीर ढंगले योजनाबनाई लाग्नुपर्ने, मानिसहरूको ब्यवहारमा सुधार ल्याउनुपर्ने लगायत कुरामा जोड दिए।

कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, ठाकुर खनाल, सरसफाइ शाखाका अरुण अधिकारी, विपत् व्यवस्थापन शाखाका सुनील शर्मालगायतले अब घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले थालेको उहाहरणीय कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

सात दिनसम्म चल्ने छलफल कार्यक्रममा प्रतिष्ठानमा कार्यरत  कर्मचारीहरूलाई चरणबद्ध रूपमा तालिम दिने योजना रहेको प्रतिष्ठानले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.