डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा प्यानलसहित जित हासिल गरेको नेविसघंले जिल्लाकै भित्रीमधेश क्षेत्रमा रहेको अर्को त्रिवेणी बहुमुखी क्याम्पसमा पनि नेविसघंको प्यानल नै विजयी भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल विजयी भएको हो ।
त्रिवेणी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका गौरा बोहरा प्यानलसहित निर्वाचित भएकी छन् । उनले कूल खसेको ३ सय ७९ मतमध्ये १ सय ८१ मत पाएर विजयी हाँसिल गरेकी हुन । डडेल्धुरा बहुमुखी क्याम्पसमा गत ५ गते भएको निर्वाचनमा दुर्गा भट्टको प्यानल विजयी भएको थियो ।

त्रिवेणीमा अनेरास्ववियुबाट सभापतिका उम्मेदवार दानबहादुर बोहराले १ सय २४ मत मात्र पाए भने अखिल क्रान्तिकारीका भोज लुहारले ६८ मत मात्रै पाएको त्रिवेणी बहुमुखी क्याम्पस स्वावियु निर्वाचन समितिले जनाएको छ ।

यस्तै सचिवतर्फ नेविसंघका पवन ऐर १ सय ६९ मत पाउँदै विजयी भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका बसन्ती कार्कीले ९५ र अखिल क्रान्तिकारीका करनसिंह भाटले १ सय ४ मत पाएको त्रिवेणी क्याम्पसले जनाएको छ ।

कोषाध्यक्षमा नेविसंघकी दिपशिखा धामी १ सय ६६ मत पाउँदै विजयी भएका छिन् । अनेरास्ववियुकी लक्ष्मी बिष्टले ६३ र अखिल क्रान्तीकारीकी यशोदा धामीले १ सय ३२ मत पाइन् । यस्तै समानुपातिकतर्फ नेविसंघले १ सय ९३,अनेरास्ववियुले एक सय र अखिल क्रान्तिकारीले ७६ मत पाए ।

स्ववियु निर्वाचन भएका डडेल्धुराका दुई क्याम्पसमा नेविसघंले एकलौटी रुपमा जित हाँसिल गरेको नेविसघंका जिल्ला अध्यक्ष पवन ऐरले बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.