क्रिकेटर प्रतिशलाई १ लाखसहित सम्मानित

सुन्नुहोस्
Powered by
ONE
बुटवल : झिमरुक गाउँपालिका प्युठानले क्रिकेट खेलाडी प्रतिश जिसीलाई सम्मान गरेको छ। बिहीबार कार्यक्रमको आयोजना गरी गाउँपालिकाले १ लाख रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गरेको हो। क्रिकेटर जिसी झिमरुक गाउँपालिका ३ लामासेरा निवासी हुन्। उनी अहिले १८ वर्षका भए।
खेलको माध्यमबाट गाउँपालिकाको शिर उचो बनाएको भन्दै उनलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले जानकारी गराए। जिसी उत्कृष्ट खेल प्रदर्शन गर्दै सन् २०२३ मा जिम्बावेमा सञ्चालन हुने एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको लागि नेपालको तर्फबाट राष्ट्रिय टिममा समावेश भएका छन्।
जिसीलाई गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेल र पोखरेल फाउन्डेशनका सञ्चालक कुशराज पोखरेलले समेत व्यक्तिगतरूपमा नगद पचास-पचास हजार रुपैयाँले सम्मान गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
