नेपालमा अन्य लिंगीको जनसंख्या करिब ३ हजार

सुन्नुहोस्
Powered by
ONE
काठमाडौंः देशभर अन्य लिंगीको जनसंख्या करिब तीन हजार रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिंगी (लैगिंक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको हो।
जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन्छ। कुल अन्य लिंगीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
