मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाको विजयी सुरुवात

मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाको विजयी सुरुवात
सुन्नुहोस्

वीरगन्ज : दोस्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको छ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले वीरगन्जमा आयोजना गरेको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको हो। 

आदर्शनगर रंगशालामा शनिबार भएको उद्घाटन खेलमा महोत्तरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहाले प्रतियोगितामा सुखद सुरुवात गर्दै सिधै सेमिफाइनलमा पनि स्थान बनाएको छ।

खेल अवधिभर महोत्तरी माथि एकपक्षीय रूपमा हाबी रहेको सिराहाका लागि खेलको १४ औं मिनेटमा विनु आलेमगरले हेड मार्फत गोल गरि टिमलाई अग्रता दिलाएका थिए। तर त्यसको दुई मिनेट नबित्दै महोत्तरीका दिपेश राईले गोल फर्काएर खेल १–१ को बराबरीमा पुर्‍याएका थिए। 

खेलको २३ औं मिनेटमा महोत्तरीको डिबक्स एरिया भित्रै सिरहाका खेलाडीलाई महोत्तरीका खेलाडीले लडाएर फल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गरि सनम थापाले गोल गरेपछि सिरहाले अग्रता दोब्बर पारेको थियो। 

त्यसपछि खेलको ३८ औं मिनेटमा सिरहाका सुजन पुलामीले आफ्नो टिमका लागि थप एक गोल गरेपछि पहिलो हाफमा सिरहाले ३–१ को अग्रता बनाएको थियो। 

खेलको दोस्रो हाफमा महोत्तरीले आफनो खेलमा केही सुधारको प्रयास गरेपनि ६९ औं मिनेटमा सिरहाका आलेमगरले डिबक्स अगाडि पाएको बललाई महोत्तरीको गोलपोष्ट भित्र छिराउन सफल भएपछि सिरहाले खेल ४–१ को फराकिलो अन्तरले जित्न सफल भयो। 

शनिबार भएको उद्घाटन खेलको म्यान अफ दी म्याच सिरहाका सुजन पुलामी घोषित भए। प्रतियोगितामा आइतबारको खेल पर्सा र सर्लाही बीच हुनेछ। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद अजय कुमार चौरसियाले उद्घाटन गरेको प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका आठ टिम सहभागी छन्। प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.