मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा प्रधानमन्त्री, सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा प्रधानमन्त्री, सत्ता गठबन्धनको बैठक बस्दै
फाइल तस्बिर।
सुन्नुहोस्

सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलभित्रका प्रमुख दलहरुसँगको छलफललाई तिव्रता दिएका हुन्।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन तयारीलाई तिव्रता दिएका छन्। सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलभित्रका प्रमुख दलहरुसँगको छलफललाई तिव्रता दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दललाई सरकारमा सहभागी गरी भागबण्डाको तयारी भइरहेको माओवादी केन्द्र सचिव देवेन्द्र पौडेलले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

पौडेलले भने, ‘भोलिसम्म मन्त्रिपरिषद् विस्तार टुगिंने सम्भावना छ। त्यसका लागि चरणचरणमा छलफल भइरहेको छ।’सत्ता साझेदार दलको बैठक आजै बेलुकीसम्म बस्ने तयारी छ।

माओवादी केन्द्रको तर्फबाट प्रधानमन्त्रीबाहेक अहिले चार मन्त्री र एक राज्यमन्त्री छन्। कांग्रेसले ८ र माओवादीले थप एक मन्त्रालय पाउनुपर्ने अडान लिएका छन्। नेकपा एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालयको दावी गरेको छ। जसपाले ३ नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई एक/एक वटा मन्त्रालय दिने तयारी छ। जनमत पार्टीको तर्फबाट अब्दुल खान खानेपानी मन्त्री छन्।

नेपाली कांग्रेसलाई आठ, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई दुई, जसपालाई दुई, नागरिक उन्मुक्ति, लोसपा र जनमतलाई १/१ मन्त्रालय दिने गरि छलफल अघि बढेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले पाएका मन्त्रालयहरू उपलब्ध गराउनुपर्ने सर्त अघि सारेको छ।

प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीमा सुदन किराती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी छन्। माओवादी केन्द्रले गृह मन्त्रालय माग गरेका कारण भौतिक पूर्वाधार मन्त्री रहेका श्रेष्ठलाई गृहमा सार्ने गरि छलफल अघि बढेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.