अमेरिकासँग ८० रनले हार्यो नामिबिया
विन्डोक : आईसीसी क्रिकेट विश्वकप छनोटको प्ले अफमा अमेरिकाले नामिबियालाई ८० रनले पराजित गरेको छ। विन्डोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ९ विकेट गुमाएर दुई सय ३१ रनको योगफल तयार गरेको थियो।
दोस्रो इनिङमा दुई सय ३२ रनको लक्ष्य पछ्याएको नामिबियाले ४१.४ ओभरमा सबै विकेट गुमाएर एक सय ५१ रन मात्रै बनाउन सक्यो।
नामिबियाका लागि शाउन फौचेले ९८ बलमा दुई चौकासहित ५५ रनको अर्धशतकीय इनिङ खेले। यस्तै,यान निकोलले ३८ तथा कप्तान एरास्मसले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
अमेरिकाका अली खान र निसार्ग पटेलले तीन-तीन विकेट लिए। पहिलो इनिङमा अमेरिकाका लागि गजानन्द सिंहले ६३ बलमा पाँच चौका र एक छक्कासहित ५३ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, नोस्थुस केन्जिगेले ४३ तथा जेसी सिंहले ३३ र आरोन जोन्सले ३६ रन जोडे।
बलिङतर्फ नामिबियाका बेन शिकोङ्गो र शाउन फौचेले तीन–तीन विकेट लिए। यस्तै, रुबेन ट्रुपेल्मनले दुई तथा पिकी या फ्रान्सले एक विकेट लिए।
नामिबियाले ६ ओभरमा दुई विकेट गुमाएर १३ रन बनाएको छ। अमेरिका र नामिबिया दुवै टिम आईसीसी विश्वकप क्रिकेट लिग २ बाट प्ले अफमा पुगेका हुन्।
प्ले अफमा क्यानडा, जर्सी, नामिबिया, पपुवा न्युगिनी, यूएई र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट शीर्ष दुई टिम जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकपको छनोटमा स्थान बनाउने छन्।
प्रतिक्रिया दिनुहोस !