राजनीतिसँगै धार्मिक पर्यटकीय स्थलको भ्रमणमा ओली

राजनीतिसँगै धार्मिक पर्यटकीय स्थलको भ्रमणमा ओली
तस्बिर : अन्नपूर्ण

सन्धिखर्क:  नेकपा एमालेको कार्यक्रता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अर्घाखाँची आएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका छन् । 

जिल्लाका प्रमु धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको सुपा देउराली मन्दिर सुपा,अर्घा भगवती मन्दिर अर्घा, डम्मरु दह ठाडा, पर्यटकीय स्थल नरपानीलगायतका स्थानको भ्रमण तथा अवलोकन गरेका हुन् 
गोरुसिंगे सन्धिखर्क सडकहुँदै सन्धिखर्क आएका अध्यक्ष ओलीले शितगंगा नगरपालिकाको पर्यटकीयस्थल डम्मरुदहको अवलोकन तथा भ्रमण गरेका छन् । 

सन्धिखर्क ७ खाँचीकोटमा पर्ने लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय स्थल सुपा देउराली मन्दिरमा वैदिक विधिपूर्वक पुजाआज गरेका छन् । नरपानी पर्यटकीय स्थलको समेत अवलोकन गर्दै उनी सन्धिखर्क प्रवेस गरेका थिए । 

सन्धिखर्कमा नेकपा एमालेको प्रशिक्षण तथा कार्यक्रतालाई सम्बोधन गरे लगत्तै सन्धिखर्क ९ अर्घामा रहेको धार्मिक तथा पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा पुगेर पुजा अर्चना गरेका छन् । बाइसेचौबिसे  राज्य अन्तर्गत पर्ने अर्घा दरबार तथा अर्घा भगवती मन्दिर पुगी वैदिक विधिपूर्वक पुजाआजा गरेका हुन्।

अर्घा मन्दिरमा ठूलो भगवती देवीको मूर्ति रहेको छ ।  शक्ति पिठको रुपमा रहेको अर्घा राज्य नेपाल एकीकरणको समयमा पाल्पा राज्यसँगै नेपाल राज्यमा गाभिएको थियो। बाइसे चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र भगवती मन्दिरको प्रचारप्रसारका लागि पूर्वप्रधानमन्त्री ओलीको अर्घा भगवती मन्दिरको दर्शनले सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

अर्घा मन्दिरमा ओलीले अर्घामा रहेका गाइने तथा गन्धर्व समुदायले बजाउने बाजा सारंगी पनि बजाएका थिए । यसले स्थानीय गाइनेहरुको आत्मबल बढाएको छ । उनले अर्घामा रहेको पर्यटकीय ढुंगे बगैचा मसुरपाटामा पुगेर भुँइको ढुंगामै बसेर आफ्नी राधिका शाक्यसँग तस्बिर समेत खिचाए। 

एमाले अध्यक्ष ओलीले धार्मिक तथा पर्यटकीय स्थलमा गरेको यो भ्रमणले अर्घाखाँचीमा पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ओली सोमबार बिहान अर्घाखाँचीको मालारानी गाउँपालिका हुँदै गुल्मीको सदरमुकाम तम्घास जानेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.