प्रचण्डले हाँकेको थोत्रो गाडी कर्णालीको भेलमा खस्छ : योगेश भट्टराई

प्रचण्डले हाँकेको थोत्रो गाडी कर्णालीको भेलमा खस्छ : योगेश भट्टराई
सुन्नुहोस्

मुगु : नेकपा एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचाण्डले थोत्रो गाडी ड्राइभ गरेको बताएका छन्। उनले नेपाली कांग्रेसलाई इंगित गर्दै नयाँ गाडी छाडेर थोड्रो गार्डी हाँक्न थालेको बताएका हुन्।

उनले थोत्रो गाडी कुनै दिन कर्णालीको भेलमा खसेर बेपत्ता हुने बताए। सोमबार गमगढीमा पुगेका भट्टराईले थोत्रो गाडीबाट प्रचण्ड गन्तब्यमा पुग्न नसक्ने बताए। उनले पुस १० को सहमति स्मरण गर्दै प्रचण्डले सभामुख र राष्ट्रपति एमालेलाई दिने वाचा गरेको बताए। तर सहमति विपरित उनले थोत्रो गाडी हाँक्न थालेको उनको भनाइ छ। 

उनले प्रचण्ड नेतृत्वको सरकारका कारण अर्थतन्त्रमा डरलाग्दो अवस्था देखिएको बताए। उनले यही अवस्था रहे सरकारी सेवकहरूलाई तलब खुवाउन पनि मुस्किल हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.