‘गठबन्धन बाह्य शक्तिबाट परिचालित’

‘गठबन्धन बाह्य शक्तिबाट परिचालित’
सुन्नुहोस्

आफ्नो नेतृत्वको सरकारले गुमेको नेपाली भू–भागलाई नक्सामा समेटे पनि देउवा प्रचण्ड सरकारले सीमा मिचिँदासमेत सत्ता गुम्ने डरमा थाहा नभएको बहना गरेर नेपालको राष्ट्रियता कमजोर बनाएको ओलीको भनाइ थियो।

तानसेन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान १० दलीय सत्ता गठबन्धन बाहिरी शक्तिको इसारामा चलेको बताएका छन्। एमाले पाल्पाको जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेला सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता प्राप्तिका लागि वर्तमान सत्ता गठबन्धन विदेशी शक्तिसँग लम्पसार परेको आरोप लगाए।

आफ्नो नेतृत्वको सरकारले गुमेको नेपाली भू–भागलाई नक्सामा समेटे पनि देउवा प्रचण्ड सरकारले सीमा मिचिँदासमेत सत्ता गुम्ने डरमा थाहा नभएको बहना गरेर नेपालको राष्ट्रियता कमजोर बनाएको ओलीको भनाइ थियो। 

ओलीले देशको समृद्धिका लागि एमालेबाहेक अन्य शक्तिले काम गर्न नसक्ने दाबी गरे। कांग्रेसले ३/३ पटक बहुमत ल्याउँदा पनि काम गर्न नसकेको अवस्थामा आफूले ३ वर्षसम्म सरकार चलाउँदा देश समृद्धितर्फ जाँदा आफूलाई घेराबन्दी गरी पार्टीदेखि सरकारबाट हटाउने अभियानमा पार्टीभित्र र बाहिरबाट चलाएकोले आफू जनताको माझमा जान प्रतिनिधिसभा बिघटन गरेको अध्यक्ष ओलीले बताए। समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य लिएको एमाले सरकारलाई ढालेर विदेशी शक्तिको चलखेलमा समृद्धिको यात्रा रोकिएको अध्यक्ष ओलीको भनाइ थियो। 

एमालेलाई तहसनहस बनाउँदै पार्टी कब्जा गर्ने, सरकार ढलाउने जस्ता क्रियाकलाप गरेको आरोप लगाउँदै अध्यक्ष ओली शरीरभित्रको पिलो निचोर फालेजस्तै माधव नेपाल जस्ता केही व्यक्तिहरू निचोरिएर गएको अध्यक्ष ओलीले बताए। मिसन ग्रासरुट अभियानबाट स्थानीय तहदेखि प्रदेश र संघमा एमालेको कम्तीमा ५१ प्रतिशत सिट ल्याउने गरी अभियान चालेको एमाले अध्यक्ष ओलीले बताए।

आगामी मंसिर महिनामा पुष्पलाल लोकमार्गबाट महाकालीबाट सुरु मेचीमा पुगेर टुंगिने दोस्रो ग्रासरुट सञ्चालन गरिने अध्यक्ष ओलीले बताए। आफूलाई पटक–पटक प्रधानमन्त्री बन्ने रहर नभएको तर देशको समृद्धि र राष्ट्र रक्षाको लागि एमालेको एकल बहुमतको सरकारमा बन्नुपर्ने अवस्था आएकोले ग्रासरुट अभियान सञ्चालन गरेको अध्यक्ष ओलीले बताए।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पोलिटि ब्युरो सदस्य ठाकुर गैरे, सिमलाल भट्टराईलगायतले सम्बोधन गरेका थिए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.