प्रचण्ड, शेरबहादुरहरूले देशको सीमाना खुम्च्याए : ओली
पाल्पा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल-भारतको विवादित सीमानाबारे टिप्पणी गरेका छन्। उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा टिप्पणी गरेका हुन्।
उनले आफू प्रधानमन्त्री हुँदा रहेको देशको सीमाना अहिले खुम्चिएको आरोप लगाए। पाल्पामा ग्रासरुट मिशन अभियानलाई सम्बोधन गर्दै उनले प्रचण्ड शेरबहादुरहरूले खुम्च्याएको आरोप लगाए।
'देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भूभाग नदेखेझैँ गरे,' अध्यक्ष ओलीले भने, 'कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तब्य हो नि। तर खोइ मैले त देखिनँ भन्छन्।'
उनले आफू प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै प्रधानमन्त्री बन्ने कुनै रहर नभएको स्पष्ट पारे।