स्वर्णिम वाग्लेले कांग्रेस छाडेका हुन् !
काठमाडौं : नेपाली कांग्रेसका बौद्धिक नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्ले कांग्रेस छाड्ने संकेत गरेका छन्। उनले पार्टी नेताहरूलाई औपचारिकरूफमै कांग्रेसमा बस्न नसक्ने सन्देश पठाएको उनी निकट नेताहरूले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले वाग्लेलाई तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ। सो पार्टीका प्रवक्ता मुकुल ढकालले वाग्ले आफ्नो पार्टीबाट तनहुँ १ मा उम्मेदवारी दिने बताएपछि उनी कांग्रेस छाडेको चार्चा सुरु भएको थियो।
यसबीचमा वाग्लेका नजिकसमेत रहेका कांग्रेस महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नछोड्न आग्रह गरेको बताइएको छ।
वाग्लेले सन्देशमा कांग्रेसका विभिन्न गिरोहबाट आफू प्रताडित भएकोसमेत उल्लेख गरेका छन्। उनी यसअघि योजना आयोगको उपाध्यक्ष भएर काम गरिसकेका छन्।
वाग्लेले सार्वजनिकरूपमा भने आफू कांग्रेस छाडेको बताएका छैनन्।
प्रतिक्रिया दिनुहोस !