हेटौंडामा मापदण्डविपरीत अस्पताल सञ्चालन

हेटौंडामा मापदण्डविपरीत अस्पताल सञ्चालन
सांकेतिक तस्बिर।
सुन्नुहोस्

हेटौंडा : पहुँच र शक्तिको आढमा हेटौंडामा मापदण्डविपरीत निर्वाध रूपमा हेटौंडामा अस्पताल सञ्चालन गरेको पाइएको छ। जिल्ला प्रसासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले नेतृत्वमा भएको अस्पतालहरूको अनुगमनमा उक्त तथ्य फेला पारेको हो। 

गत सोमबार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका–१ मा रहेको सन्चो हस्पिटल अनुगमन गर्दा गैरकानुनी रूपमा सञ्चालन भएको पाएको हो। अनुगमनका क्रममा प्रदेश स्वास्थ्य नियमावली र स्वास्थ्य सेवाको मापदण्ड पूरा नगरी नियम र ऐनविपरीत सञ्चो अस्पतालले अनुमति लिएको खुलेको थियो।

अस्पतालले २५ शैयाको स्वीकृति जिल्ला स्वास्थ्य कार्यालयमार्फत पाएको छ। तर, त्यसको आवश्यक मापदण्ड पूरा गरिएको छैन। त्यस्तै, अस्पतालले २५ भन्दा बढी बेडको सञ्चालन गरेसँगै फार्मेसीको अनुमतिपत्र नवीकरणसमेत नगरी सञ्चालनमा ल्याएको छ। फार्मेसीमा तोकिएको फर्मासिस्ट नभएको, प्रयोगशाला बिनादर्ता सञ्चालन छ। यतिमात्र नभई आकस्मिक कक्षमा डेट एक्सपाएर (म्याद गुज्रिएका) औषधिसमेत भेटिएको उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष वासु खतिवडाले बताए। उक्त, अस्पताललाई अनुगमन टोलीले अनुमति नलिई सञ्चालन गरेको ल्याब बन्द गराएको छ र फार्मेसीलाई ३ दिनभित्र नवीकरण गर्न निर्देशन दिएको छ। 

यस्तै, हेटौंडा सहकारी अस्पतालमा समेत लापरबाही भएको पाइएको छ। उक्त अस्पतालका लगाानीकर्ता हेटौंडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जनले अनुगमन टोलीको निर्देशनपछि अस्पताल अध्यक्षबाट राजीनामा दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.