सरकार विस्तारपछि महत्त्वपूर्ण कामको थालनी हुन्छ : सञ्चार मन्त्री शर्मा

सरकार विस्तारपछि महत्त्वपूर्ण कामको थालनी हुन्छ : सञ्चार मन्त्री शर्मा
सुन्नुहोस्

भैरहवा: सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन्।

नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री शर्माले परिवर्तनकारी तप्काले गौरव महशुस गर्ने गरी काम थालेको बताइन्। जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने,सहिदको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको उनको भनाइ छ।

मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका कामको थालनी गरिएको जानकारी दिइन् । अब सरकार विस्तारपछि नतिजा देखिने महत्त्वपूर्ण कामको थालनी गर्ने पनि उनले बताइन्।

अर्को प्रसङ्गमा उनले जनताका माग सरकारसम्म पुर्‍याउने र सरकारले गरेका काम जनतासम्म पुर्‍याउन स्थानीय पार्टी कमिटी र नेता कार्यकर्ताको महत्त्वपूर्ण भूमिका हुने बताइन्।

मन्त्री शर्माले आज नेपाल पत्रकार महासंघ लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.