कांग्रेस पार्टी कार्यालय विपी नगरमा नेविसंघको नाराबाजी

कांग्रेस पार्टी कार्यालय विपी नगरमा नेविसंघको नाराबाजी
सुन्नुहोस्

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी कार्यालय विपी नगरमा रिले अनशन बसेका हुन्।

काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी कार्यालय विपी नगरमा रिले अनशन बसेका हुन्। 

पार्टी कार्यालयमा आज कार्यसम्पादन समिति बैठक बस्ने भएकाले त्यस अगाडि नै उनीहरु अनसन बसेका छन्। उनीहरुले कालोपट्टीसमेत बाँधेका छन्। रिले अनसनमा कांग्रेस महामन्त्री गगन थापा समेत पुगेका छन्।null

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ बृहत् संघर्ष समितिले शनिबारबाट रिले अनशन थालका हुन्। अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावि जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ।

उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ औं महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन्। पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेबि संघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठनविरोधी काम गरेको र पार्टी दिएको म्यान्डेडअनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए। उनले विधि विधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताए।

nullयसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए। स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो। तोकिएको समयअवधि सकिएकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने नेविसंघका कार्यकर्ताको माग छ।nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.