युवा व्यवसायी थापाको कृषि कर्म : ५० लाख खर्चेर च्याउ खेती

युवा व्यवसायी थापाको कृषि कर्म : ५० लाख खर्चेर च्याउ खेती
सुन्नुहोस्

पोखरा  : रोजगारको खोजीमा दुबईसम्म पुगेर फर्केका पोखराका एक युवाले आधुनिक प्रविधि भित्र्याएर व्यावसायिक च्याउ खेती सुरु गरेका छन्। 

पोखरा-११ काहुँ डाँडाका ३८ वर्षीय ध्रुब थापाले ५० लाख खर्चेर व्यावसायिक रूपमा च्याउ खेती गरेका हुन्। थापाले काहुँ सिस्नेरी एग्रो फर्म दर्ता गरेर व्यावसायिक च्याउ खेती गरिरहेका छन्। च्याउलाई चाहिने आवश्यक तापक्रम मेन्टेन गर्न सकिने प्रविधि प्रयोग गरेर १२ महिना नै च्याउ उत्पादन गर्न सकिने गरी थापाले च्याउ उत्पादन सुरु गरेका हुन्। 

थापाको च्याउ घरमा एक लटमा ४ हजार २ सय ४५ किलो च्याउ उत्पादन हुन्छ। थापाले कन्ये जातको च्याउ लगाउँदै आएका छन्। 

आइरनको घर बनाएर च्याउ खेतीलाई चाहिने आवश्यक तापक्रम मेन्टेन गर्न थापाले एसी प्लान जडान गरेका छन्। एसी प्लानलाई मात्र १८ लाख खर्चेका हुन्। उतिकै मूल्यमा प्यानलबोड परेको र आइरनको घर समेत बनाउँदा ५० लाख बढी खर्च लागेको उनले सुनाए। 

चीनबाट ल्याएको यस प्लानले च्याउलाई चाहिने तातोपन, चिसोपनन कन्ट्रोल गर्दछ। यसैले १२ महिना च्याउको उत्पादन राम्रो दिन सकिने थापाले सुनाए। आधुनिक प्रविधि जडान गरेकोले लगानी धेरै लागेको थापाले बताए। उनको च्याउ घरमा एक पटकमा १४ सय १५ वटा बल (च्याउ उत्पादनका लागि परालबाट तयार पारिएको डल्लो) अटाउँछ। 

एउटा बलमा ३ केजीसम्म च्याउ फल्छ। डल्लोमा रोपेको च्याउ १८ दिनमा मुना राख्न सुरु गरेर २३ दिनमा टिपेर बजारमा बिक्री गर्न सकिने पनि उनले बताए। 

देशमै केही गर्नुपर्छ भन्ने हुटहुटी पहिलेदेखि नै भएपनि सन् २०१२ मा रोजगारीको खोजीमा कतार पुगेको उनले सुनाए। कतारबाट ९ महिनामै फर्केका थापाले केही समय बैंकमा काम गरे। बैंकमा काम गर्ने क्रममा जागिर खानु भन्दा आफैंले केही व्यवसाय गर्नु पर्छ भन्ने लाग्यो र एग्रो प्रोडक्ट कम्पनी खोलेर भुजा, चिउरा, दाल, गेडागुडी प्याकेजिङ गरेर बिक्री गर्ने काम गरेको उनले सुनाए।  

अरूले उत्पादन गरेका खाद्यान्नका सामग्री बिक्री गर्दा नाफा नै नभएको उनको अनुभव छ।  व्यवसायबाट भएको आम्दानीले थप सामान खरिद गर्दा र कामदारलाई दिँदा नै ठिक्क भएपछि आफैं उत्पादनमुखी काम गर्नुपर्छ भन्ने लागेको उनले सुनाए। कोरोना कालमा आफै उत्पादनमा जाउँ न भन्ने भएर कृषि तिर हात हालेको थापाले सुनाए। आधुनिक प्रविधि फाइदाजनक नै हुनेदेखि रहेको पनि उनले बताए। 

सबै खर्च कटाएर अहिले एक लटमा (तीन महिनामा) २ लाख ५० हजार जती बचत हुने गरेको थापाको उनले सुनाए। आफ्नै घरमा नयाँ प्रविधिमा च्याउ उत्पादन गर्दा उनलाई भ्याइनभ्याइ छ। छरछिमेकी मात्रै होइन पोखराको मुख्य बजार क्षेत्रबाट पनि घरमै च्याउ लिन ग्राहक आउने गरेको उनले बताए।

एसी प्लान जडान गरेर उत्पालन गरिएको च्याउ सामान्य टनेलमा उत्पादन गरेको भन्दा स्वादीलो र हेर्दा पनि फ्रेस हुने भएकोले ग्राहकले पनि निकै रुचाएको उनले सुनाए।

पोखरा महानगरपालिकाले कन्ये जातको च्याउको समर्थन मुल्य किलोको १५० तोकेको पोखरा महहानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। एसी प्लान जडान गरेर तापक्रम मेन्टेन गरेर १२ महिन च्याउ उत्पादन गर्न सकिने भएकोले यस्ता प्रविधिले कन्ये च्याउ उत्पादनमा पोखरा आत्मनिर्भर भएको उनले सुनाए। 

पोखरामा गोब्रे च्याउ आयात हुन्छ। सिताके च्याउ महंगो पनि छ र माग पनि कम छ। कन्ये च्याउमा भने पोखरा आत्मनिर्भर हुँदै गएको पनि कृषि महाशाखा प्रमुख कडरियाले बताए।

नेपालमा कन्ये च्याउ बढी लोकप्रिय रहेको पनि उनले सुनाए। यस जातको च्याउ थोरै समयमा धेरै उत्पादन गर्न सकिने भएकोले किसानहरू यस जातको च्याउ खेतीमा आकर्षण भएका हुन्। शाकाहारीहरूले च्याउलाई विशेष मन पराउँछन्। 

शाकाहारीका लागि प्रोटिनको गतिलो स्रोत पनि हो च्याउ। पौष्टिक च्याउमा भिटामिन, मिनरल्स र माइक्रो न्युट्रियन्ट पनि पाइने महाशाखा प्रमुख कडरियाले बताए। च्याउका प्रजाति अनुसार त्यसका फाइदा पनि अझै धेरै रहेको उनले सुनाए। सरकारले च्याउ खेतीलाई प्रवर्द्धन गर्दै आएको छ। 


बैंकको चर्को ब्याज, महंगो बिजुलीले बचत कम  

कृषि क्षेत्रको लगानीमा सरकारले सस्तो व्याजमा कर्जा दिने भन्ने सुने पनि थापाले त्यो सुविधा नपाएको बताए। अन्य व्यवसायी जस्तै चर्को ब्याजमा ऋण लिनु पर्दा र अरू उद्योग सरह च्याउ घरमा एसी प्लान चलाउँदाको चर्को बिजुलीको शुल्कको कारण लगानी महंगो भएको पनि उनले सुनाए। 

आधुनिक प्रविधि जडान गर्दा बैंकबाट लिएको ऋणको ब्याज १३ प्रतिशत तिर्दै आएको पनि उनले सुनाए। एसी समेत जडान गरेर तापक्रम मेन्टेन गर्ने गरी बनाइएको च्याउ घरमा ३ महिनामा ४५ हजार त बिजुलीको खर्च आउने उनले बताए। किसानलाई ऋण लिँदा र बिजुलीमा छुटको व्यवस्था नहुँदा खर्च 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.