२० प्रतिशत काम सकिएपछि शिलान्यास

२० प्रतिशत काम सकिएपछि शिलान्यास
सुन्नुहोस्

तुलसीपुर उपमहानगरपालिकाले निर्माण लागेको ट्रेड टावरको शिलान्यास गर्दै मुख्यमन्त्री गिरीले तीनै तहको सहकार्यबाट विकासमा दिगोपना कायम गर्न सकिने बताए। मुलुकको दिगो आर्थिक समृृद्धिका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्य र कार्य एकता आवश्यक रहने बताए।

दाङ : तुलसीपुर उपमहानगरपालिकाको उत्तरतर्फ व्यापारी भवन (तुलसी ट्रेड टावर) निर्माण भइरहेको छ। गत मंसिर महिनादेखि साततले टावर निर्माणको काम थालिएको थियो। तुलसीपुर उपमहानगरपालिकाको १० कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त टावरको भुइँतलाको काम लगभग सकिनै लागेको छ। काम सुरु भएको पाँच महिनामा २० प्रतिशत काम सकिनै लाग्दा टावरको शिलान्यास भने सोमबार मात्रै भएको छ। ट्रेड टावरको शिलान्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले गरेका छन्। 

तुलसीपुर उपमहानगरपालिकाले निर्माण लागेको ट्रेड टावरको शिलान्यास गर्दै मुख्यमन्त्री गिरीले तीनै तहको सहकार्यबाट विकासमा दिगोपना कायम गर्न सकिने बताए। मुलुकको दिगो आर्थिक समृृद्धिका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्य र कार्य एकता आवश्यक रहने बताए। 

‘कुनै पनि काममा एकता, सहकार्य भयो भने त्यो काम समयै सम्पन्न हुन्छ। त्यसले सार्थकता पनि पाउँछ’, उनले भने, ‘हामी तिनै तहका सरकार एकापसमा मिलेर काम गर्यौ भने मुलुकको आर्थिक विकासमा दिगोपना कायम गर्न सकिन्छ।’

उपमहानगरपालिकाले निर्माण गर्न लागेको उक्त टावरले तुलसीपुरलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्ने बताए। ट्रेड टावर शिलान्यासका अवसरमा मुख्यमन्त्री गिरीले उपमहानगरपालिकाले निर्माण गर्न लागेको व्यापारीक भवनले दीर्घकालीन आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने बताए। 

यसैगरी उनले कोइलावास नाकालाई व्यवस्थित तुल्याउँदै कोइलावासदेखि गढवासम्म सुरुङमार्ग निर्माणको कार्यलाई अघि बढाइनुपर्ने बताए। भारतको उत्तर प्रदेश र विहार प्रदेशका पर्यटकहरूलाई कोइलावास हुँदै ऐतिहासिक, धार्मिक स्थल स्वर्गद्वारीसम्म पु¥याउनका लागि पर्यटकीय मार्गका रूपमा अघि बढाइने बताए। 

तुलसीपुर नगर विकासकोष र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त लगानीमा उक्त ट्रेड टावर निर्माण हुन लागेको छ । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा तुलसी टावर निर्माण गर्न लागिएको छ। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले एक स्थानीय तह, एक व्यापारिक भवन अवधारण अन्र्तगत ट्रेड टावर निर्माण गर्न लागेको बताए। अन्डर ग्राउन पार्किङदेखि विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेस्टुरेन्ट सञ्चालनमा रहने गरी सात तलाको भवन निर्माण हुन लागेको उनले जानकारी दिए। टावरमा लिफ्ट जडान गरिने छ। 

टावर निर्माणको कामलाई पूणर्ता दिन आफूहरू फिल्डमा निरन्तर लागि रहने उनले बताए। साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्ने गरी सम्झौता भएको तुलसीपुर उपमहानगरपालिका इन्जिनियर पवन योगीले जानकारी दिए। विसं. २०८१ चैत २९ गते भवन निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ। सात तले व्यापारिक भवनमा पार्किङसमेत रहने बताइएको छ। २०७७ साल माघ १४ गते तत्कालिन नगर प्रमुख घनश्याम पाण्डे र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीचमा बहुउद्देश्य सात तले तुलसी टावर निर्माण गर्ने सम्झौता भएको थियो।

जसको कुल लागत २८ करोड १७ लाख ३९ हजार रहेको छ। टावर निर्माण गर्न नगर विकास कोषको ७० प्रतिशत ऋण रहेको छ। जसअन्तर्गत १९ करोड ७२ लाख १७ हजार ३ सय रुपैयाँ नगर विकासले बेहोर्ने र उपमहानगरपालिकाको ३० प्रतिशतले ८ करोड ४५ लाख २१ हजार ७ सय रहेको इञ्जिनियर योगीले जानकारी दिए। २० वर्षभित्र नगर विकासलाई ऋण तिरी सक्ने सम्झौता रहेको छ। ८ प्रतिशत ब्याजदरमा उपमहानगरपालिकाले ऋण लिएको छ। त्यसमा तीन वर्ष सहुलियत अवधि राखिएको छ।

टावर निर्माणका लागि २०७८ कात्तिक १६ गते इबिडिङमार्फत उपमहानगरपालिकाले टेन्डर आह्वान गरेको थियो। कुल लागत २२ करोड २९ लाख ३३ हजार ६ सय बढी भ्याटसहित सार्वजनिक सूचनामार्फत टेन्डर आह्वान गरिएको थियो। ८ वटा निर्माण कम्पनीले काम गर्न चासो देखाए पनि ६ वटा मात्रै पास भएका थिए। त्यसमध्ये पनि सबैभन्दा कम दर रेट कबोल गर्ने समानान्तर डाइनामिक नारायनं जेभी बाँकेले टावर निर्माणको काम जिम्मा लिएपनि काम भने स्थानीय निर्माण व्यवसायी गेहेन्द्र गिरीले गरिरहेका छन्। टावर निर्माणको काम गरिरहेका निर्माण वयवसायी गिरीले टावरको भुइँतलाको काम  लगभग अन्तिम चरणमा पुगिसकेको जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.