१२४ किलो गाँजा सहित ट्रक चालक पक्राउ

१२४ किलो गाँजा सहित ट्रक चालक पक्राउ
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेश प्रहरीले धनुषाबाट ठूलो परिमाणमा गाँजा सहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। 

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरी टोलीले जनकपुरधाम–ढल्केवर सडक खण्ड अन्तर्गत लक्ष्मिनियाँ चोकबाट १२४ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ना ७ ख ४२५१ नम्बरको ट्रकका चालक हेटौंडाको मकवानपुर–८ मनहरी बस्ने शन्तबिर दोङ रहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिए। 

मकवानपुरबाट भारत पठाउनका लागि ट्रकमा वेल्डिङ गरेर गाँजा लोड गरी ल्याइरहेको अवस्थामा गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ।

खाली ट्रकभित्र जस्तापाताले घेरेर लुकाएर लगिरहेको अवस्थामा प्रहरीले ट्रक सहित चालक दोङलाई नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.