प्रधानमन्त्रीलाई काममा केन्द्रित हुन गगन थापाको आग्रह

प्रधानमन्त्रीलाई काममा केन्द्रित हुन गगन थापाको आग्रह
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल प्रचण्डलाई उद्घाटन, शिलान्यास र भाषणमा समय व्यतीत नगरी काममा ध्यान दिन आग्रह गरेका छन्।

शुक्रबार गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई राम्रो काम नगरी आराम गर्ने छुट नरहेको बताउँदै गर्दा यता संसदमा गगन थापाले उद्घाटन, शिलान्यास र भाषणमा समय व्यतीत गरेको आरोप लगाए। 

शुक्रबार प्रधानमन्त्री प्रचण्डले गोरखा पुगेर राष्ट्र र परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा रहेको बताइरहँदा शुक्रबार नै संसदमा विशेष समय लिएर बोल्दै थापाले प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ ? भनेर प्रश्न समेत गरेका हुन्।

‘उद्घाटन, शिलान्यास र भाषणमा समय व्यतीत गरिरहनु भएको छ। म चकित परिरहेको छु। प्रधानमन्त्रीले टिम चलाउने हो एक्लै हिँड्ने होइन। प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टिम बनाउनुपर्छ। टिमलाई चलाएर अघि बढ्नुपर्छ।’ थापाले भने । 

सरकारको न्यूनतम साझा कार्यक्रम आएको भन्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रमपछि यात्रा सुरु भयो, जस भए पनि मेरो, अपजस पनि मेरो हो भन्ने आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ।’ यसका लाागि प्रधानमन्त्रीको टिम चाहिने भए पनि टिम नदेखिएको बताए।  उनले भारतलगायत अन्य देशका प्रधानमन्त्रीको टिमबारे चर्चा गर्दै उनले भने, ‘हाम्रो प्रधानमन्त्रीको कार्यालय हे¥यो भने सजाय पाएकाहरूलाई थन्क्याउने ठाउँ मात्र बनेको छ।’ 

‘प्रधानमन्त्रीले सबैभन्दा पहिले चुस्त टिम बनाउनुस्, कांग्रेस ‘गठबन्धन’का नेताहरूलाई महिनामा १÷२ दिन भेटे हुन्छ, आफ्नो दल चलाउने कुरा त केही समय बिर्सिए पनि हुन्छ। प्रधानमन्त्रीले प्रधानमन्त्री जस्तो भएर दिनरात काममा लगाउनुपर्छ।’ प्रधानमन्त्रीलाई गठबन्धनको नेताका रुपमा बैठक बस्ने समय छोट्याउन पनि आग्रह गर्दै माओवादीको अध्यक्ष छु भन्ने पनि बिर्सेर काम गर्न थापाले आग्रह गरे।

नेपाली कांग्रेसका सांसद शान्ति बिकले ६० लाख दलित समुदायको मर्म र भावनामाथि प्रहार भएको बताएकी छन्। उनले जनप्रतिनिधिबाट नै विभेद भएको बताइन्। 

शुक्रबारको बैठकमा उनले जातीय विभेदविरुद्ध कानुन आएपनि शिक्षित र सभ्य समाजको मस्तिष्कमा जातीय विभेद अझै पनि यथावत रहेको बताइन्। विभेदको स्वरुप मात्रै फेरिएको उनको भनाइ छ।

सांसद बिकले भनिन्, ‘सदियौंदेखि विभेदको पीडा एकपटक हाम्रो ठाउँमा राखेर अनुभव गर्नुहोस्। समाजमा सम्मानपूर्वक बाँच्न नपाउनुको अवस्था दुई दिनमा बुझ्न सक्नुहुन्छ।’

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई टुंग्याउन सुझाव दिएका छन्। बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘यो प्रति केही माननीयहरूले विपत्ति प्रकट गरेको मैले सुनेँ। मेरो अनुरोध त कतै तपाईं बसेको कुर्सीमा प्रेस स्वतन्त्रताको निम्ति, मानवधिकार र लोकतान्त्रिक मूल्य मान्यताको निम्ति र वाक स्वतन्त्रताको निम्ति लडेका योद्धाहरूको रगत कतै खाटो बसेको छ कि सोचौं ? शान्ति प्रक्रियालाई टुंग्याऔं।’ उनले संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन एकजुट हुन आग्रह गरेका छन्। ‘संक्रमणकालीन न्यायको विषय आज सबैभन्दा पेचिलो विषय बनेको छ।’ उनले शान्ति प्रक्रियालाई टुंग्याउन सरकारले विधेयक अघि सारेको बताउँदै इतिहासलाइ सम्मान गर्न आग्रह गरे।

यसैगरी, बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नबढ्ने बताएकी छन्। 

मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भन्दै दूरसञ्चार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफू स्पष्ट रहेको बताइन्। दूरसञ्चार ऐनलाई अन्तिम रुप दिनका लागि सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढ्ने बताइन्।

नेकपा एमालेका सचेतक तथा अनेरास्ववियुका पूर्वउपाध्यक्ष महेश बर्तौलाले सरकारले प्रहरी लगाएर विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलेको भन्दै आरोप लगाए। बैठकमा बोल्दै उनले अदालतको आदेश बमोजिम चुनाव हुँदै गर्दा प्रधानमन्त्रीको ठाडो निर्देशनमा अमृत साइन्स क्याम्पसमा प्रहरी लगाएर निर्वाचन बिथोलिएको बताएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.