महिलालाई बेमौसमी तरकारी खेती तालिम

महिलालाई बेमौसमी तरकारी खेती तालिम
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा लघुवित्त संस्थासँग सम्बद्ध महिलाका लागि संचालित व्यवसायिक बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ । पछिल्लो समय लघुवित्तका बारेमा नकारात्मक चर्चा भइरहेका बेला लघुवित्तले ऋण मात्र दिँदै, उत्पादनमुखी सीप सिकाएर आत्मनिर्भर बनाउँछ भन्नेबारे जानकारी दिन तालिम आयोजना गरिएको हो।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्था सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना समूहका सदस्यलाई आर्थिक स्वरोजगार  बनाउन व्यवसायिक बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरेको लघुवित्त सस्थाको अर्घाखाँची शाखाका प्रमुख अनिल सुनारले बताए । 

तालिमको सन्धिखर्क नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष मोतिजंग रायमाझीले लघुवित्तबाट ऋण लिएर उत्पादनमुखी कार्यमा लगानी गर्न आग्रह गरे । ऋण लिएर विलासिताका क्षेत्रमा लगानी गर्दा समस्या उत्पन्न हुने बताउँदै उत्पादन गरेर अर्थात् यसरी आम्दानी गरेर ऋण तिर्न सक्छु भन्ने भए मात्रै ऋण लिन सबैलाई आग्रह गरे । 

महिलालाई व्यवसायिक तरकारी खेतीबाट आयआर्जनमा जोडी उत्पादन वृद्धि गर्नका लागि र महिलालाई आर्थिक पाटोमा सक्षम बनाउन तालिमको आयोजना गरिएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड सुनवलका शाखा प्रमुख भरत काफ्लेले बताए । 

एक सय भन्दा बढी महिला सदस्यको सहभागिता रहेको तालिममा व्यवसायिक वेमौषमी तरकारी खेतीका बारेमा कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक प्रविन पौडेलले तालिम प्रदान गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.