लेखराजसँगको भेट राजनीतिक होइन : प्रचण्ड

prachand-lekharaj bhatta

लेखराजसँगको भेट राजनीतिक होइन : प्रचण्ड
तस्बिर : अन्नपूर्ण

अत्तरिया (कैलाली): नेकपा विभाजन भएपछि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका सचिव लेखराज भट्टबीच आज अत्तरियामा भेटवार्ता भएको छ । १२ वर्षे जनयुद्धका सारथी दुबैजनाबीच करिब अढाई वर्षपछि भट्टको अत्तरियास्थित निवासमा भेटवार्ता भएको हो । 

‘शनिबार बिहानै फोन गर्नुभयो । म तपाईंको घरमा खाजा खाएर महेन्द्रनगर जान्छु भन्नुभयो,मैले हुन्छ भने,'एमाले सचिव लेखराज भट्टले भने, ‘अथिति देवो भव: हाम्रो संस्कार हो । मेरो घरमा आउने पाहुनालाई स्वागत गर्नु मेरो धर्म हो । यसमा कुनै राजनीतिक उद्देश्य छैन ।’ 

प्रधानमन्त्री प्रचण्डले लेखराजको घरमा खाजा खाएका छन् । उनकी श्रीमती निर्मला भट्टले पकाएको एक रोटी र केही फलफूल नास्ताको रुपमा प्रचण्डले खाएका हुन् । ‘मैले रोटी बनाएको थिएँ,एउटा रोटी र केही फलफूल खानुभयो,'लेखराज भट्टकी पत्नी निर्मला भट्टले भनिन्, ‘हाम्रो पारिवारिक सम्बन्ध लामो छ ।’ 

null

उनले नेकपा विभाजन भएपछि दुबै नेताबीच भेटघाट नभएको बताइन् । ‘दुबै जनाबीच भेटघाट पनि भएको थिएन । नेकपा विभाजन अघि यतै बस्ने खाने नेताले (प्रचण्डले) अढाई वर्षसम्म फोन पनि गरेनन् भनेर नराम्रो लागि रहेको थियो, महेन्द्रनगर आउने काम परेकाले हिजो फोन गर्नुभएको रहेछ,' निर्मलाले भनिन्। उनले राजनीतिक विचार र आस्था जे भएपनि व्यक्तिगत सम्बन्ध सुमधुर हुनुपर्ने बताइन्।

सुदूरपश्चिम विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री प्रचण्ड आजै हुने दिक्षान्त समारोहमा सहभागी हुन धनगढी आएका हुन् । 

भेटपछि प्रचण्डले भने,'‘मेरो यस परिवारसँग ४० वर्ष देखिको सम्बन्ध हो,यो घरमा मेरो बस्ने सुत्ने एक कोठा पनि छ । यो मेरो पनि घर हो । त्यसैले आएको हुँ।' प्रधानमन्त्रीले यो भेटघाटमा राजनीनिक कुनै उद्देश्य नभएको बताए।

लेखराज जनयुद्ध सुरु गर्न प्रचण्डलाई पहिलो बन्दुक दिने व्यक्ति हुन् ।  प्रचण्ड सुदूरपश्चिम आउँदा  भट्टकै घरमा बस्ने र खाने गर्थे । तर, नेकपा विभाजन भएपछि भट्ट नेकपा एमालेतिर गएपछि दुबै नेताबीच भेटघाट भएको थिएन । भट्ट अहिले नेकपा एमालेका केन्द्री सचिव हुन्।

अढाई वर्षपछि प्रचण्डको भट्ट निवास आगमनले राजनीतिक वृत्त भने तरंगीत भएको छ । तर, एमाले सचिव भट्ट भने यसलाई सामान्य भेटघाट भन्छन् । ‘यो पारिवारिक भेटघाट हो । केही देशको समसामयिक विषयमा छलफल भयो । धेरै पारिवारिक कुरा भए,'भट्टले भने । 

null

उनले नेकपा माओवादीमा जाने कुरा सोझै नकारे । ‘पार्टी परिवर्तनका बारेमा कुनै कुरा नै भएन । अहिले त्यो सम्भव पनि छैन । उहाँले (प्रचण्ड) मलाई शनिबार फोन गर्नुभयो । तपाईंको घरमा खाजा खाएर महेन्द्रनगर जान्छु भन्नुभयो । मेरो श्रीमतीले खाजा बनाउनुभयो, उहाँ खाएर महेन्द्रनगर जानु भयो,'भट्टले भने, ‘यसलाई अन्यथा रुपमा बुझ्नु हुँदैन ।’

प्रचण्ड करिब २५ मिनेट जति भट्टको घरमा बसेका थिए । प्रचण्ड, लेखराज भट्ट र उनकी पत्नी निर्मला भट्ट घरको पहिलो तलामा बसेका थिए । प्रचण्ड,भट्ट निवास पुग्दा उनलाई भट्टले सयपत्रीको माला लगाएका थिए भने उनकी पत्नी निर्मलाले रातो टीका र माला लगाएर स्वागत गरेकी थिइन्।

नेता प्रचण्ड र भट्टले हात मिलाएर अंकमाल समेत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.