तर्बुजा खेतीमा रमाउँदै सुन्दर

तर्बुजा खेतीमा रमाउँदै सुन्दर
सुन्नुहोस्

नुवाकोट : सामूहिक रुपमा तरकारी र सयपत्री फूल खेती गर्दै आएका वेलकोटगढी नगरपालिका–५ नुवाकोटका सुन्दर नेपाल हाल तर्बुजा खेतीमा व्यस्त रहरेका छन्। उनले गएको वर्षदेखि विदुर नगरपालिका–६ मा २० रोपनी जग्गा भाडामा लिएर तर्बुजा खेतीको सुरुआत गरेका थिए। 

जिल्लामा नगन्य मात्रामा हुने तर्बुजा खेतीलाई उनले व्यावसायिक रुपले अगाडि बढाएका हुन्। 'दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत कृषि तालिमका लागि विसं २०७५ मा इजरायल जाने अवसर पाएको थिए। १० महिनाको अवधिमा  कृषिको बारेमा धेरै कुरा सिके। तालिमकै समयमा आफ्नै ठाउँमा कृषि खेती गर्छु भन्ने अठोट लिएको थिए', उनले भने, 'आफ्नो ठाउँ फर्किएपछि तीन जनाले सामूहिक रुपमा करेला, गोलभेडा, घिरौँलासँगै सयपत्री फूलको खेती गर्न थाल्यौँ। त्यसलाई पनि निरन्तरता दिँदै गत वर्षदेखि तर्बुजा खेतीको सुरुआत गरे। सरस्वती, भिशाला, किरण र मन्नत गरी चार प्रजातिको तर्बुजा यहाँ पाइन्छ।'

गत वर्षको उत्पादनले बजार व्यवस्थापनमा देखेको तितो यथार्थले उनलाई यस खेतीमा झन् बढी सक्रिय बनाएको छ। अबको दुई हप्ताभित्रमा उत्पादित तर्बुजालाई बजार पुर्‍याउने चटारो हुने उनको भनाइ छ। 

null

'व्यापारी यही आएर उत्पादन के कस्तो छ भनेर हेरि रहनुभएको छ। जसले गर्दा उपभोक्ताको साथै मलाई पनि फाइदा हुनेछ', उनले भने, 'गुणस्तरीय उत्पादन गर्नुपर्छ भनेर मेहनत गरिरहेको छु। तर्बुजामा लाग्ने किरा नियन्त्रणका लागि जैविक प्रविधि अपनाएको छु।'

स्थानीयको बाँझो जमिन भाडामा लिएर सुरु गरिएको खेतीमा १० लाख रुपैयाँ लगानी भइसकेको छ। त्रिशूली नदीको नजिक खेती गरिएको कारण सिँचाइको सुविधा रहेको छ। व्यावसायिक कृषिमा आबद्ध कृषकको लागि सबैभन्दा ठूलो समस्या नै बजार व्यवस्थापन रहेको उनको भनाइ छ। 

'स्थानीय तहदेखि कृषिको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसस्थाले हाट बजार सञ्चालन गरिदियो भने बजारको समस्या हुने थिएन भन्ने लाग्छ', उनले भने, 'यहाँ तर्बुजा खेतीसँगै काक्रो र कुरिलो खेती पनि गरेको छु। यसको सबै काम आफूले मात्र गर्न भ्याइन्न। परिवारका अन्य सदस्य सधैँ सँगै हुन्छन्। स्थानीयलाई दिन गन्तीको हिसाबले काममा लगाउँछु।'

बाहिरी बजारबाट जिल्ला भित्रने तर्बुजालगायत कृषि उपज विस्थापन गर्नका लागि स्थानीयस्तरमा नै उत्पादनमा जोड दिनु आवश्यक छ। त्यसको लागि वेलकोटगढी नगरपालिका–५ का सुन्दर नेपालको जस्तै अन्य युवामा इच्छाशक्तिको खाँचो रहन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.