दार्चुलाको दुहुँमा पुरुषको शव फेला

दार्चुला : दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। दुहुँ गाउँपालिका-२ हिकिलाका ४६ वर्षीय हर्क सिंह बडाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले बताए।
जिल्लाको दुहुँ गाउँपालिकामा-५ सुतखोला, थाममा शव फेला परेको हो। बिहीबार घरबाट सदरमुकाम खलंगा जान्छु भनेर हिँडेका बडाल शनिबार दिउँसो मृत फेला परेका हुन्।
शव भेटिएको ठाउँको प्रकृति हेर्दा भीरबाट लडेको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक जोशीले बताए।
प्रतिक्रिया दिनुहोस !
