बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु, पाँच जनाले हामफालेर ज्यान बचाए

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु, पाँच जनाले हामफालेर ज्यान बचाए

बैतडी : बैतडीको पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। 

झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जीप राति ११ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनीहरूको परिचय खुल्न बाकी छ।  

दुर्घटनामा जीपको पछाडि सवार पाँच जना हाम फालेर बाच्न सफल भएको प्रहरीको भनाइ छ। जीपमा चालकसहित १२ जना सवार रहेकाे बताइएको छ। चालक भने सम्पर्कमा छैनन्। 

प्रहरीकाे उद्धार  टाेली घटनास्थलमा पुगेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.