नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा थप एकजना पक्राउ
काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा संलग्न दाङका सन्देश शर्मा पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई बानेश्वरबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख एसएसपी मनोज केसीले शर्मालाई हिरासतमा राखेर अनुसन्धान गरिने जानकारी दिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको प्रहरीले जनाएको छ ।
यसअघि सोही घटनामा संलग्न केशव दुलाल,टंककुमार गुरूङ,सानु भट्टराई र सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो । ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको उनीहरूमाथि आरोप छ ।
प्रतिक्रिया दिनुहोस !