आगलागीको मुख्य कारण मानविय त्रुटी

आगलागीको मुख्य कारण मानविय त्रुटी
गुलरियामा गरिएको आगलागीसम्बन्धी कृतिम घटना अभ्यास । तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया: मानविय त्रुटीकै कारण आगलागीका घटना हुने गरेको पूर्वतयारीका लागि आगलागीसम्बन्धी कृतिम घटना अभ्यासका क्रममा बताइको छ । जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको आयोजना, गुलरिया नगरपालिका, बज्रदल गण नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल नेपाल र नेपाल रेडक्रस सोसाईटीको समन्वय तथा साझेदारीमा बर्दियाको गुलरियास्थित तुलापुरमा कृतिम घटना अभ्यास गरिएको हो ।

अभ्यासका क्रममा कृतिम बस्तीमा आगलागीको अवस्था निर्माण गरी जिल्लास्थित अग्नी नियन्त्रण दस्तासहितको सरोकारवालाले अभ्यास गरेका हुन् । अभ्यासका क्रममा आगलागीका बेला सम्भावित निम्तिन सक्ने जोखिमको मनन गर्दै कृतिम बस्तीमा सल्किएको आगो नियन्त्रणमा लिइएको छ । 

आगलागीपछि नियन्त्रणको भूमिकामा गरिने क्रियाकलाप,अवस्थाहरू,परिस्थितिलगायत समस्याको आँकलनमा अभ्यस्त बनाउन कृतिम घटना अभ्यास महत्वपूर्ण रहने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । 

आगलागीपछि  स्थानीयले नियन्त्रणको प्रयास गर्दा आगो नियन्त्रण नभए आपतकालिन कक्षमा तत्काल जानकारी गराउनुपर्ने बताए । आगलागी भएको जानकारी पाएलगत्तै विपद व्यवस्थापन  समितिको अग्नी नियन्त्रक दस्तासहितको संयन्त्र तयारी अवस्था रहेको उनले जानकारी दिए। 

मानविय त्रुटिकै कारण आगलागीका घटना हुने भएकाले जोखिम न्युनिकरणमा सबै सरोकारवाला सचेत हुनुपर्ने उनको भनाइ छ । जोखिम न्युनिकरणतर्फ सबैले ध्यान दिए विपदका घटना नियन्त्रण हुनेमा विश्वास  दिलाए । 

विपद व्यवस्थापन समितिले आगलागी पूर्वको सम्पूर्ण तयारी साथ संयन्त्रलाई चनाखो राखेको छ । विपद तथा जोखिम न्युनिकरण गर्न सबै सरोकारवाला निकायले प्रजिअ रिसालले आग्रह गरेका छन्  मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले यस्ता कृतिम घटना अभ्यासले अग्नी नियन्त्रक संयन्त्रलाई सवल बनाउने विस्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.