बिजलपुरामा जनप्रतिनिधि फेरियो तर भासिएको पूल बनेनन्
भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ। तर, महोत्तरीको बर्दिबास १२ र १३ मा पर्ने पुल भासिएको ६ वर्ष हुँदा पनि नयाँ पुल बन्न सकेको छैन।
खोलामा पुल बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सांसद्लाई अनुनयविनय गर्दा पनि त्यहाँ पुल बन्न नसकेको हो। बिजलपुरा, पशुपतिनगर गाउँलाई बर्दिबास-औरही- जलेश्वर सडक खण्डसँग जोड्ने पुल पुर्ननिर्माण हुन सकेको छैन। ६ वर्ष अघि बाढीले पुल बगाएको थियो।
बिजलपुरामा कुनै समय रेल कुद्थ्यो। तर, अहिले यहाँका बासिन्दालाई वर्षातमा वारवार गर्ने पुल छैन। तत्कालिक बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्कीको घर अघिको कच्ची सडक कालोपत्रे भयो। प्रदेश सभा सदस्य सारदादेवी थापाको दैलोमा पुग्ने बाटो पक्की बन्यो।
तत्कालीन प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलको अधारशिला नजिकै ग्रेवल बाटो कालो पत्रेमा स्तरउन्नति हुँदैछ। तर ग्रामिण भेगमा पर्ने बिजलपुरामा पुल भासिएको पुल बनाउन जनप्रतिनिहरूको बेवास्ता गर्दै आएका छन्। प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोलाई पनि स्थानीयले चुनाव ताका पुल बनाइदिन आग्रह गरेका थिए। मधेस आन्दोलनमा हत्या आरोप लागेका सांसद् जिते लगतै फरार छन्।
बैशाख ३० मा स्थानीय तहको निर्वाचन जितेगतै बर्दिबासका मेयर प्रह्लाल कुमार क्षेत्रीले पूल बनाइदिने वाचा गरेका थिए। तर उनी जितेको पनि वर्ष दिन हुँदैछ। तर पुल बन्न सकेको छैन। पुल नबन्दा किसानलाई उत्पादन बजार पठाउन बच्चाहरुलाई स्कुल आवतजातव गर्न र विरामीलाई अस्पताल पुर्याउन समस्या हुँदै आएको छ।